हिट्लरको यातनाकेन्द्रमा ज्यान गुमाएकी एउटी यहुदी केटीको कथा. Diary of Anne Frank

Anne Frank

August 15, 2017 • CULTURE • Author:

एनी फ्रान्कः द डायरी अफ अ योङ्ग गर्ल

 

सनिवार, जुन २०, १९४२

मजस्ताका लागी डायरीमा लेख्नु साँच्चिकै अनौठो अनुभव हो । मैले पहिले कहिल्यै नलेखेकाले मात्रै होइन, बरु एउटा तेह्र वर्षे स्कुले किसोरीको सोचहरुलाई पछि गएर म स्वयं या अन्य कसैले पनि रुची नलेला भनेर मलाई यो डायरी लेखन अनौठा लाग्छ । जे होस्, त्यो त्यति अर्थ राख्दैन । मलाई लेख्न मन लाग्छ, र मलाई मेरो छातिमा गुम्सिएर रहेका सबै कुुराहरु बिसाउनु पनि छ ।

SATURDAY, JUNE 20, 1942
Writing in a diary is a really strange experience for someone like me. Not only because I’ve never written anything before, but also because it seems to me that later on neither I nor anyone else will be interested in the musings of a thirteen-year-old schoolgirl. Oh well, it doesn’t matter. I feel like writing, and I have an even greater need to get all kinds of things off my chest.


एनी फ्रान्कले यति लेखि रहँदा सायदै सोचेकी थिइन कि उनको यो व्यक्तिगत शौक पछि गएर विश्व भरिका मानिसहरुको चाँसोको विषय बन्नेछ । उनले सायदै सोचेकी थियीन कि उनका तिनै किशोरावस्ताको घोत्लाइहरुले उनलाई मृत्युपर्यन्त अमर बनाउने छ ।

सानो छँदा विपीका किताबमा गाडिने क्रममा हिट्ल र यहुदी समाउन पुगेको थिएँ । स्कुले जीवनमै छँदा त्यो पुस्तक पढ्दा आउस्वीचका (पोल्याण्डमा रहेको हिट्लरको बन्दीगृह) बारेमा विपीले गरेको बयानले एकदमै छोएको थियोः चुल्ठोका रासहरु, जुत्ता चप्पलका पहाडहरु, जलेका लासको खरानीले बनेको पहाड । विपीले त्यो भ्रमणको अनुभुति निकै मार्मिक ढङ्गले गरेका छन् । त्यसको लगत्तै सपनामा हिट्लर र देवताको कृतृम वार्तालाप पनि लेखेका छन् । त्यहाँ उनले हिट्लरको गिता मोह र आफू स्वर्गको अधिकारी भएको भन्ने दलील पेश गरेका छन् । त्यो पढि रहँदा ग्यास च्याम्बरहरुको यातना भन्दा हिट्लरले बढि मन छोएको थियो । आँखिर त्यो सबै हिट्लरले जर्मन राष्ट्रको लागी न गरेको थियो ।

जर्मनी अध्ययनका लागी पुगेपछि मलाई जर्मन गाडिहरु भन्दा यहाँको दोश्रो विश्वयुद्धसँग सम्बन्धित कुराहरुले आकर्षित गरेका थिए । अझै पनि त्यो बेलाका कुराहरु धेरै भन्दा धेरै थाहा पाउन मन लाग्छ । त्यहि क्रममा म्युनिक (म्युन्सेन) सहर नजिकैको नाजी यातनागृह सम्म चाहिँ पुगेको छु । त्यहाँ पुगिरहँदा हिट्लर प्रतिको धारणा निकै फेरिइसकेको थियो । दोश्रो विश्वयुद्धको त्यो लाजमर्दो इतिहासलाई पनि जर्मनहरुले त्यसरी संरक्षण गरेर आगामी पुस्ताकालागी जोगाएको देख्दा यहाँको प्रसासन प्रति भने निकै आभार भएको थिएँ । अझै भ्रमण गर्न आउनेमा निकै जर्मनहरु पनि देखिन्थे ।

एनी फ्रान्कको बारेमा नेपालको सरकारी पाठ्यक्रममा राखिएको अनिवार्य अंग्रेजीको किताबमा थोरै पढेको हो कि भन्ने लागी रहन्छ । यकिन भने भन्न सक्ने अवस्था छैन । जे होस्, एनी फ्रान्क हिट्लर र दोश्रो विश्वयुद्धमा नाजीहरुले यहुदीहरु (ज्यूज) माथि गरेको अत्याचारको कथाको एक कडि थिइन् । एनी फ्रान्क हिट्लरको प्रभाव बढि रहँदा गोप्य ठाउँमा लुकेर दुई वर्ष काटेकि र विश्वयुद्ध सकिने बेलामा समातिएर मर्न पुगेकी किशोरी हुन् । एक पटक उनको बारेमा सुनेको र उनको तस्वीर देखेको मान्छेले त्यो काँध सम्मको कपाल भएकी र निस्पिक्री मुस्कुराइ रहेकी किशोरीको स्याम स्वेत फोटो विर्सन सायदै सक्ला । गातामा त्यही तस्वीर भएको उनको किताब एनी फ्रान्कः द डायरी अफ अ योङ्ग गर्ल (एनी फ्रान्कः एक किशोरीको डायरी) सन् २०१७ को जुन २४ मा पढ्न थालेको थिएँ । गुडरिडमा(पुस्तक पढ्नेहरुको फेसबुक) आफूले पढेको किताबको लेखा राख्ने भएकोले त्यो मिति थाहा पाउन गाह्रो भएन । यो पुस्तकको संस्करण एनी फ्रान्कका बारेमा प्रकासित ६९८ अन्य संस्करणहरु मध्येको एक संस्करण हो । गुडरिडमा यसलाई २० लाख भन्दा बढिले अब्बल पुस्तक भनेर मानेका छन् भने झण्डै २१ हजार जनाले यसका बारेमा प्रतिकृया लेखेका छन् ।

एनी फ्रान्कले जुन १२, अगस्ट १९४२ देखि अगस्ट १, १९४४ सम्मका घटना यो डायरीमा समेटेकी छिन् । डायरीमा प्राय गरेर उनको परिवारका बारेमा चर्चा गरिएको छ । साथै गोप्य वासस्थानमा बसाइका क्रममा घटेका साना ठूला घटनाहरुले त्यसमा स्थान पाएका छन् । पहिले सबैको ध्यानको केन्द्र भएकी र एक किसिमले हठी स्वभावकी एनी फ्रान्कलाई त्यो गोप्य वासस्थानको बसाइमा आफ्नो अस्तित्व स्थापित गर्न गर्नु परेको कठीनाइ डायरीका पानाहरुमा सजिलै पढ्न सकिन्छ । आमाबाबा र दिदी बाहेक पिटर, उसका आमाबाबा र एक जना पेशाले डेन्टिस्ट गरेर आठ जनाको त्यो साझा बसाइमा अरु भन्दा अलि बिद्रोही स्वभावकी एनीले थुप्रै असजह स्थितिको सामना गर्नु पर्छ । किशोरावस्था जस्तो अस्थिर मन भएको वखतमा त्यसरी घरको चार भित्तामा कैद भएर बस्नुले उनको बाहिरी दुनियाँ हेर्न जाने उत्कट चाहनालाई बेलाबेला डायरीका पानामा उनले लेखेकी छिन् । सिमित सदस्यहरुका बीचमा मनका उकुसमुकुस सुनाउने साथिका रुपमा उनले आफ्नो डायरी लेखन सुरु गरे पनि सन् १९४४ मा नेदल्र्याण्ड सरकारका निर्वासित सदस्य गेरिट बोल्क्सटाइनले लण्डनबाट रेडियोमा डच नागरिकहरुको प्रथमव्यक्ती अनुभुतिहरुलाई युद्ध पश्चात संकलन गर्ने र तिनलाई प्रकाशित गर्ने भनेपछि एनी फ्रान्कले आफ्नो डायरी पुनर्लेखन गर्न थालेकी थिइन् । उनको पहिलेको वास्तविक डायरी र त्यसपछिको पुनर्लेखन पश्चातको डायरी र अन्य महत्वपूर्ण चिरफारलाई समावेश गरेर सन् १९८९ मा एउटा समालोचनात्मक संस्करण नै निकालिएको छ । यो संस्करण पनि पछिल्ला दिनमा थप परिमार्जनका साथ प्रकाशित भएको छ । यसरी जन्मदिनमा उपहारको रुपमा पाएको रातोसेतो कोठा भएको उनको डायरी पछि गएर उनको साथी र मृत्युपर्यन्त उनको नाम जिवन्त बनाउने माध्यम बन्न पुगेको हो ।

सबै किसिमका उथलपुथल बाटा टाढा रहेकाले हामी यहाँ धेरै भाग्यमानी छौँ । यदि हामीले सहयोग गर्न नसक्ने आफन्तहरुको बारेमा हामीलाई चिन्ता नहुँदो हो त यति धेरै सोच्न नै पर्दैनथ्यो । मलाई यो न्यानो ओछ्यानमा सुत्दा आफू दुष्ट भएको अनुभव हुन्छ, जब त्यहि बेला कुनै ठाउँमा मेरा प्रीय साथीहरु थकानले झरी रहेका छन् अथवा कुटेर त्यस अवस्थामा पु¥याइँदै छन्  ।

We’re so fortunate here, away from the turmoil. We wouldn’t have to give a moment’s thought to all this suffering if it weren’t for the fact that we’re so worried about those we hold dear, whom we can no longer help. I feel wicked sleeping in a warm bed, while somewhere out there my dearest friends are dropping from exhaustion or being knocked to the ground.

व्यक्तिगत अनुभुतिहरु लेख्ने क्रममा एनी फ्रान्कले अन्य यहुदीहरुको बारेमा लेख्न छुटाएकी छैनन् । आँखिर गोप्य बासस्थानमा डर र त्रास भए पनि ओछ्यानको न्यानोमा रात काट्न पाएका थिए जहाँ अन्य यहुदीहरु हिट्लरको बन्दिगृहमा यातना खेपि रहेका थिए । कति ले ज्यान गुमाइ सकेका थिए र कति मृत्यु कुरेर बसेका थिए ।

हजारका नोटहरु काम नलाग्ने घोसित गरिँदै छन् । त्यसले कालो बजारीहरु र तिनीहरु जस्तै अन्य माथि ठूलो धक्का पु¥याउने छ, तर अझै ठूलो असर लुकेर बसेका मान्छे र श्रोत खुलाउन नसक्ने नेटहरु राखेकाहरुलाई पर्नेछ । हजारको नोट बुझाउँदा कसरी प्राप्त भयो र त्यसको प्रमाण समेत बुझाउन पर्नेछ । आउने साता सम्मको लागी मात्र कर बुझाउनका लागी भने तिनको प्रयोग गर्न सकिनेछ । अर्कोतिर पाँच सयका नोटहरु पनि बेकार भएर जाने छन् । गिस र कम्पनी मा पनि केहि श्रोत नखुलेका हजारका नोटहरु थिए जसलाई उनीहरुले अगामी वर्षहरुको कर चुक्ता गर्नका लागी प्रयोग गरेर सबै कुरा कानुनी बनाउन प्रयोग गरे ।


Thousand-guilder notes are being declared invalid. That’ll be a blow to the black marketeers and others like them, but even more to people in hiding and anyone else with money that can’t be accounted for. To turn in a thousand-guilder bill, you have to be able to state how you came by it and provide proof. They can still be used to pay taxes, but only until next week. The five-hundred notes will lapse at the same time. Gies & Co. still had some unaccounted-for thousand-guilder bills, which they used to pay their estimated taxes for the coming years, so everything seems to be aboveboard.

जर्मनीमा हिट्लरको आतङ्क छलेर देश बाहिरिएकाहरु माथि पनि विस्तारै संकट आइ रहेका थियो । छिमेकी देशहरुमा विजय सँगै त्यहाँ लुकेर बसेका यहुदीहरुलाई पनि यातना गृहमा पठाइँदै थियो । लुकेर बसेकालाई कालो बजारबाट खाद्यान्यहरु आपूर्ति गर्ने गरिन्थ्यो । तर हजार र पाँच सयका नोटहरु अयोग्य करार गर्दा त्यसमा समस्या आउने देखिन्थ्यो । एनीको परिवार पनि त्यहि समस्याबाट जुधि रहेको थियो ।

सन् १९३३ मा हिट्लरले जिते सँगै जर्मनी छोड्ने तयारीमा लागेका एनी फ्रान्कका बाबु अटो फ्रान्कले नेदल्र्याण्डमा ओपेक्टा नामक कम्पनी चलाएका थिए । गिस एण्ड को. त्यसैको अर्को नाम हो । यसै कम्पनीको प्रिन्सेनग्राख्ट २६३ अवस्थित घरको पछिल्लो भागमा एनी फ्रान्क र अन्य ७ जना लुकेर बसेका थिए । कम्पनी चालु अवस्थामा नै थियो । पहिले विद्यालय, सार्वजनिक स्थान, सार्वजनिक यातायात, आदिमा बन्देज लगाउँदे यहुदीहरुलाई विस्तारै कि त यातनागृह सम्मको बाटो तय गराइएको थियो कि त एनीको परिवार जस्तै गोप्य बासहरुमा लुक्न बाध्य बनाएको थियो ।

माया, माया के हो ? यसलाई कसैले शब्दमा व्यक्त गर्न सक्छ जस्तो मलाई लाग्दैन । कसैलाई बुझ्नु, उसको बारेमा चाँसो राख्नु, उसको सुख र दुःख बाँड्नु नै माया हो । यसले अन्तिममा गएर शारिरिक प्रेमलाई पनि समावेश गर्छ । तिमी विवाहित भएपनि या नभएपनि, अथवा तिम्रो बच्चा हुँदा वा नहुँदा, तिमीले केहि बाँडेका छौ, केहि दिएका छौ र केहि पाएका पनि छौ । आफू बाँचे सम्म तिमीलाई बुझ्ने मान्छे तिम्रो साथमा हुनेछ, र उसलाई तिमीले कसैसँग पनि बाँड्नु पर्ने छैन भने चरित्रमा दाग लाग्नुको केहि अर्थ हुँदैन ।

Love, what is love? I don’t think you can really put it into words. Love is understanding someone, caring for him, sharing his joys and sorrows. This eventually includes physical love. You’ve shared something, given something away and received something in return, whether or not you’re married, whether or not you have a baby. Losing your virtue doesn’t matter, as long as you know that for as long as you live you’ll have someone at your side who understands you, and who doesn’t have to be shared with anyone else!

गुप्तवासका क्रममा किशोरावस्थाको विकाससँगै माया–प्रेम जस्ता कुरामा पनि एनीको झुकाब बढ्दै जान्छ । सँगै बसेका पिटरलाई उसले पहिले अप्रकट रुपमा र पछि गएर थाहा पाउने गरेरै माया गर्न थालेकी हुन्छे । पछिल्लो पटक धेरै हिमचिम गरेको एनीका अभिभावकले मन पराएका हुँदैनन् । त्यसै परिवेशमा उसले माथिका कुराहरु उल्लेख गरेकी हो ।

विचरा पिटर, उसलाई मायाको धेरै खाँचो छ !
उसले उसलाई साथी चाहिँदैन भन्दा निकै क्रुर सुनिएको थियो । कठै, उ कति गलत छ ! उसले त्यसो भन्न खोजेको हो जस्तो मलाई लाग्दैन । उसले आफ्नो भावना कहिल्यै नदेखाउनु परोस भन्नका लागी ऊ आफ्नो पौरुषसँग, उसको एक्लोपन र देखावटी वेवास्तासँग टाँसिएको छ । विचरा पिटर, उसले त्यसरी कतिञ्जेल ती भावनालाई दबाएर राख्न सक्छ ? के ऊ उसको महामानवीय वलले गर्दा विष्फोट हुँदैन ?

Poor Peter, he needs to be loved so much!
It sounded so cold when he said he didn’t need any friends. Oh, he’s so wrong! I don’t think he means it. He clings to his masculinity, his solitude and his feigned indifference so he can maintain his role, so he’ll never, ever have to show his feelings. Poor Peter, how long can he keep it up? Won’t he explode from this superhuman effort?

एनीका यी पंक्तिहरु पढि रहँदा मलाई सत्यमेव जयतेको पुरुष लैङ्गिकतासँग सम्बन्धित अध्यायको सम्झना भयो । लोग्ने मान्छेलाई पिडा हुँदैन, उसले भावनाहरु सहज व्यक्त गर्नु हुँदैन, सहनु पर्छ, आँशु झार्नु हुँदैन भन्ने जस्ता सामाजिक मान्यताले साँच्चिकै पुरुषहरुलाई नै कुण्ठित बनाएको छ । एउटा किशोरीको यो स्तरको बुझाइले मलाई साँच्चिकै सोच मग्न बनाएको थियो ।

आमा र म धेरै फरक छौँ । दुःखका बेला उनको सुझाव हुन्छः “संसारको दुःखको बारेमा सोच र आफू त्यसको हिस्सा बन्नु नपरेकोमा आभारी होऊ ।” तर मेरो सुझाव छः “बाहिर जाऊ, गाउँ तर्फ, प्रकृतिले प्रदान गरेको सौन्दर्य र उज्यालोको मज्जा लेऊ । बाहिर जाऊ र आफू भित्रको खुशी फेरी फेला पार, आफू भित्र र बाहिरको सबै सुन्दरताको बारेमा सोच र खुसी होऊ ।”

Mother and I differ greatly. Her advice in the face of melancholy is: “Think about all the suffering in the world and be thankful you’re not part of it.” My advice is: “Go outside, to the country, enjoy the sun and all nature has to offer. Go outside and try to recapture the happiness within yourself; think of all the beauty in yourself and in everything around you and be happy.”

एनीले धेरै पटक प्रकृति प्रेमी कुराहरु उल्लेख गरेकी छिन । एक ठाउँमा बसी रहन मनै नलाग्ने उमेरमा त्यसरी घाममा समेत बस्न नपाइ बिताउनु पर्दा अप्ठेरो त अवश्यै भएको होला । त्यसमाथि मृत्युको भयले कहिल्यै नछाडेको अवस्थामा वाहिरी दुनियाको दुःखमा सहभागी नहुनु नै सन्तुष्ट हुने सम्पूर्ण कारण कसरी बन्न सक्थ्यो ?

दुर्भाग्यको अवस्थामा पनि सुन्दरता रहि रहन्छ । यदि तिमीले खोज्यौ भने, तिमीले धेरै भन्दा धेरै खुशी पाउँछौ र आफ्नो सन्तुलन पुनःप्राप्त गर्दछौ । जो व्यक्ति आफू खुशी छ, उसले अरुलाई पनि खुशी बनाउन सक्छ । साहस र विश्वास भएको व्यक्ति कहिल्यै दुःखी भएर मर्दैन ।

…beauty remains, even in misfortune. If you just look for it, you discover more and more happiness and regain your balance. A person who’s happy will make others happy; a person who has courage and faith will never die in misery!

एनीले गुप्तवासका वर्षहरुमा निकै कितावहरु अध्ययन गर्न पाएकी थिइ । त्यसका अलावा उसको समय काट्ने बहाना भनेकै उसको डायरी लेखन थियो । त्यसैमा उसले आफ्नो सिकाइ र भोगाइ पोख्ने गर्थी । कतिकति बेला उसले कुनै वयस्कले भन्दा बढि परिपक्व विचारहरु समेत पोख्ने गर्थी । यो त्यस्तै विचारहरु मध्येको एक हो । दुःखका बेलामा पनि विश्वास र साहस त्याग्नु हुँदैन भन्ने उसको आह्वान हो । सायद डायरीका यिनै पानाले धेरै दुःखी र आशा गुमाएका पाठकहरुमा साहसको सञ्चार गर्छ ।

नलेखे सम्म लेख्नु कति रमाइलो हुन्छ भन्ने थाहा पाइँदैन । म आफूलाई चित्र कोर्न नआउने कुरा देखि निकै नै दुःखी महशुस गर्ने गर्थे । तर अहिले म लेख्न सक्छु भन्ने कुराले मलाई निकै खुशी तुल्याएको छ । यदि ममा किताव लेख्ने या पत्रिकामा लेखहरु लेख्ने खुबी भएन भने पनि म आफ्ना लागी लेख्नेछु । तर म त्यो भन्दा पनि बढि पाउन चाहन्छु । म आमा, श्रीमती भ्यान डान र अन्य सबै महिलाहरु जसरी काम गरिरहन र त्यसपछि भुलाइन चाहन्न । मेरो जीवनमा पति र वच्चा बाहेक पनि आफूलाई समर्पण गर्न मिल्ने केहि होस् भन्ने चाहन्छु । म अन्य धेरै मानिसहरुको जसरी व्यर्थै जीव जिउन चाहन्न । म उपयोगी बन्न चाहन्छु र सबैको जीवनमा खुशी ल्याउन चाहन्छु, तिनको पनि जसालाई मैले भेटेको समेत छैन । म मेरो जीवन पर्यन्त पनि बाँच्न चाहन्छु । त्यसैले म ईश्वरप्रति आभारी छु कि उनले मलाई यो सीप दिएका छन्, जसको प्रयोग गरेर म आफूलाई विकसित गर्न सक्छु र आफू भित्रका सारा कुरा व्यक्त गर्न सक्छु ।

 

Unless you write yourself, you can’t know how wonderful it is; I always used to bemoan the fact that I couldn’t draw, but now I’m overjoyed that at least I can write. And if I don’t have the talent to write books or newspaper articles, I can always write for myself. But I want to achieve more than that. I can’t imagine having to live like Mother, Mrs. van Daan and all the women who go about their work and are then forgotten. I need to have something besides a husband and children to devote myself to! I don’t want to have lived in vain like most people. I want to be useful or bring enjoyment to all people, even those I’ve never met. I want to go on living even after my death! And that’s why I’m so grateful to God for having given me this gift, which I can use to develop myself and to express all that’s inside me!


यी पंक्तिहरु पढि रहँदा थोरैलाई लाग्ला कि यो एक पन्ध्र वर्षीया किशोरीको कलमबाट पोखिएको कुरा हो । हामी प्राय यस्ता मान्छेहरुसँग पनि अभ्यस्त छाँै जसले सारा जीवन बाँचि सक्दा पनि जीवनको उद्देश्य केहि बनाएको हुँदैन । एनीले १५ वर्षको काचो उमेरमै एउटा उद्देश्य बनाइ सकेकी थिइ । उसलाई उसको लेखाइ मार्फत मृत्यु पर्यन्तको जीवन जिउने मन त्यति बेलै बनाइ सकेकी थिइ । उसले सोचेको पुरा पनि भयो । त्यसैले त आज उसको मृत्युको ७२ वर्ष पनि उसका डायरीका शब्दहरुको चर्चा चलि रहेको छ र अझ निकै पछिसम्म पनि त्यो चर्चा चलिरहने छ ।

युद्धमा किन हरेक दिन अर्वौँ खर्च हुन्छ, जब औसधी विज्ञान, कलाकार र गरीवका लागी एक सुको पनि उपलब्द्ध हुँदैन ? किन कोही मान्छे भोकमरीमा पर्नु पर्छ जब संसारको अर्को कुनामा अन्नको पहाड सडि रहेको हुन्छ । ओहो ! मान्छे किन यति बहुलाहा भएका ?

Why are millions spent on the war each day, while not a penny is available for medical science, artists or the poor? Why do people have to starve when mountains of food are rotting away in other parts of the world? Oh, why are people so crazy?

बीसौँ सताब्दीको मध्यतिर एक किशोरीले सोधेका यी प्रश्नहरुको उत्तर अझै फेला परि सकेको छैन ।

 

मलाई लाग्दैन युद्ध नेता र पूँजीपतिको मात्रै काम हो । अहँ, प्रत्येक आम मान्छे पनि त्यत्तिकै दोषी छ, नभए जनता र राष्ट्रहरुले धेरै अघि विद्रोह गरि सक्नु पर्ने हो ! मानिसमा भित्रभित्रै विध्वंशक चाहहरु छ, रिसाउने, मार्ने र हत्या गर्ने चाह । कोहि पनि अपवाद बाँकि नराखेर सम्पूर्ण मानव सभ्यता नै रुपान्तरित नभएसम्म युद्धहरु जारी नै रहने छन् र नयाँ सुरुवात गर्ने नाममा निकै जतनका साथ बनाइएको, रोपिएको र हुर्काइएको कुराहरु पनि काटिनेछन् र नासिनेछन् ।

I don’t believe the war is simply the work of politicians and capitalists. Oh no, the common man is every bit as guilty; otherwise, people and nations would have rebelled long ago! There’s a destructive urge in people, the urge to rage, murder and kill. And until all of humanity, without exception, undergoes a metamorphosis, wars will continue to be waged, and everything that has been carefully built up, cultivated and grown will be cut down and destroyed, only to start all over again!

यी निकै गहिरा कुराहरु हुन् । यसको सत्यता र असत्यता आफ्नो ठाउँमा छ । तर यो चिन्तन नगरि पलाउने चतनाको अभिव्यक्ति नै होइन । मानव सभ्यताको शत्रु मानव स्वयं हुन् । यो त हाम्रा विगतका थुप्रै गल्तीहरुले नै प्रमाणित गरि सकेका छन् । आगामी दिनमा हामीले ती गल्तीहरु सच्याएनौँ भने त्यसको नियती हामी स्वयंले नै भोग्नु पर्ने छ ।

ओहो, यो एकदमै दुखद कुरा हो, अति दुखद हो कि त्यो पुरानो कथनलाई यस पटक पनि दोहो¥याइएको छः “एउटा इसाइले गर्ने काम उसको व्यक्तिगत जिम्मेवारी हो, तर एउटा यहुदीले गर्ने कामले सम्पूर्ण यहुदीहरुको प्रतिनिधित्व गर्छ ।”

Oh, it’s sad, very sad that the old adage has been confirmed for the umpteenth time:  “What one Christian does is his own responsibility, what one Jew does reflects on all Jews.”

मानिसहरु आफ्ना गल्तीका हरेक किसिमको सफाइहरु पेश गर्छन् तर अरुका गल्तीलाई जसरी हुन्छ सामान्यी करण गर्नमा तल्लीन हुन्छन् । यो कुरा पहिले यहुदी र इसाइका सन्दर्भमा सहि थियो भने अहिले मुसलमान र इसाइ अथवा मुसलमान र हिन्दुका सन्दर्भमा लागु हुन्छ । देश भित्रकै कुरा गर्ने हो भने पनि व्यक्तिका गलत कामहरुलाई जातीय रंग दिएर सामान्यी करण गरिने चलन त हाम्रैमा पनि निकै फस्टाइ सकेको छ ।

मेन अगेन्स्ट डेथ नामक पुस्तकमा उल्लेख भएको महिलाले सन्तान जन्माउँदा पुरुषहरुले युद्धमा भोगे भन्दा बढि पिडा, विमारी र दुःख भोग्नु पर्छ भन्ने कुराले मलाई निकै अचम्मित बनायो । त्यत्रो पिडा सहनुको पुरस्कार उसले के पाउँछे ? बच्चा जन्माएपछि उसको शरीर विग्रँदा उसलाई पाखा पारिन्छ, उसका सन्तान चाँडै उसलाई छोडेर जान्छन्, उसको सुन्दरता पनि हराउँछ । सबै ठूलो कुरा गर्ने स्वतन्त्र सेनानीहरुलाई एकै ठाउँमा राख्दा पनि मानव जातीको निरन्तरताको लागी त्यत्रो पिडा खेप्ने नारी नै बढि दह्रो र बढि साहसी सिपाही सावित हुन्छे ।

In the book Men Against Death I was greatly struck by the fact that in childbirth alone, women commonly suffer more pain, illness and misery than any war hero ever does. And what’s her reward for enduring all that pain? She gets pushed aside when she’s disfigured by birth, her children soon leave, her beauty is gone. Women, who struggle and suffer pain to ensure the continuation of the human race, make much tougher and more courageous soldiers than all those big-mouthed freedom-fighting heroes put together!

गुप्तबासको समयलाई साँच्चै नै एनीले सदुपयोग गरेकी थिइ । उसको स्वाध्यायनले नै उसलाई एकदमै पाका विचारहरु लेख्न सहयोग गराइ रहेको थियो । दुई वर्ष सम्मको निरन्तर लेखनले पनि उसको लेखाइ तिखारिँदे लगि रहेको थियो । त्यसैले त यस्ता शक्तिशाली कुराहरु उसको कलमबाट निस्कियो । आँखिर अभ्यासले नै मानिसलाई अब्बल बनाउने हो । एनीको लेखन शक्तिशाली बन्दै गएको उनका पछिल्ला डायरीका पानाहरुमा प्रष्टै झकिन्छ ।

उद्देश्यहीन जीवन, आलस्यता, इश्वर प्रतिको आस्था, घरेलु काम प्रतिको वितृष्णा किशोरावस्थामा बन्दी सरह बाँच्नु पर्दाको कठीनाइ लगायतका विषयमा थुप्रै गहन कुराहरु एनीले डारीका पछिल्ला पानाहरुमा लेखेकी छिन् । मटर छोडाउनु पर्ने काम गर्दा उसले म जीवनमा कुनै पनि हालतमा गृहणी मात्रै भएर बस्ने छैन भनेर लेखेकी छे । सायद यस्तै सोच हाम्रा दिदि बहिनीहरुमा पनि आउने हो भने आत्मनिर्भरताको लागी त्यो एकदमै सहायक सिद्ध हुने थियो ।

धार्मिक मानिसहरुले गर्व गर्नुपर्छ किनभने सबैमा आफू भन्दा माथिल्लो शक्तिमा विश्वास गर्ने क्षमता हुँदैन । तिमीले अनादीकालसम्मको यातनाको डर लिनै पर्दैन, सोधन गृह (चित्रगुप्तको कक्ष), स्वर्ग र नर्क जस्ता कुराहरु धेरै मानिसलाई स्वीकार्न गाह्रो हुन्छ तर पनि धर्म आफैले, कुनै पनि धर्मले मानिसलाई सहि मार्गमा राखेको हुन्छ । ईश्वरको डर होइन, बरु स्वाभिमान उच्च राखेर र आफ्नै विवेकको पालना गर्न सकिन्छ । हरेक दिनको अन्तमा सबैले आफ्ना व्यवहारहरुलाई दोहो¥याएर हेरी सहि–गलत छुट्याउने भए सबैजना कति भद्र र असल हुन्थे होला !


People who are religious should be glad, since not everyone is blessed with the ability to believe in a higher order. You don’t even have to live in fear of eternal punishment; the concepts of purgatory, heaven and hell are difficult for many people to accept, yet religion itself, any religion, keeps a person on the right path. Not the fear of God, but upholding your own sense of honor and obeying your own conscience. How noble and good everyone could be if, at the end of each day, they were to review their own behavior and weigh up the rights and wrongs.

हुन त एनीले यति भनि रहँदा एक धर्मका मान्छेले उसलाई उसको धर्मकै कारण विभेद गरि रहेको थियो । गुप्तवासका क्रममा त्यो बसाई सकिएपछि इसाइ धर्म अपनाउने कुरा पनि धेरैले गरेका थिए । तर पनि स्वविवेकलाई आधार मानेर आत्मसमिक्षाको पाटोलाई अस्वीकार गर्न सकिन्न ।

मेरो कानमा सँधै एकनासले यी कुराहरु गुञ्जिरहेः छेउ भाँच, कोसा छोडाउ, रेसा तान, भाँडामा गेडा झार, छेउ भाँच, कोसा छोडाउ, रेसा तान, भाँडामा गेडा झार, आदि आदि । मेरा आँखाहरु पौडँदै थिएः हरियो, हरियो, किरा, रेसा, कुहेको कोसा, हरियो, हरियो । पट्यार मेट्नको लागी मलाई केहि गर्नु थियो, त्यसैले विहान भरी अरुलाई हसाउनका लागी मनमा आए जति कुरा फतफताइरहैँ । एकनासपनले मलाई मरेतुल्य बनाइ रहेको थियो । मैले तानेका हरेक रेसाले मलाई यो पक्का विश्वास दिलाई रहेको थियो कि मलाई कहिल्यै पनि, कहिल्यै पनि गृहिणी मात्रै भएर बस्ने चाहना छैन ।

My ears were humming with the following refrain: snap the end, strip the pod, pull the string, pod in the pan, snap the end, strip the pod, pull the string, pod in the pan, etc., etc. My eyes were swimming: green, green, worm, string, rotten pod, green, green. To fight the boredom and have something to do, I chattered all morning, saying whatever came into my head and making everyone laugh. The monotony was killing me. Every string I pulled made me more certain that I never, ever, want to be just a housewife!

यो अहिलेको एक्काइसौँ सताब्दिको किशोरीको सोच होइन । यो २० औँ शताब्दिको मध्यतिर किशोरावस्थाको पूर्वार्धमै बन्दी जस्तै जीवन विताइ रहेकी किशोरीको सोच हो । लेखाइ लामो हुने जान्दा जान्दै पनि यत्ति कुरा समावेश नगर्न सक्दै सकेन ।

यस्ता समयमा निकै गाह्रो हुन्छः हामी भित्र आदर्श, सपना र आत्मीय मानिएका आशाहरु कठोर यथार्थले कुल्चिइनका लागी नै उठ्ने गर्छन् । यो अचम्मैको कुरा हो कि मैले मेरो आदर्श त्यागेको छैन, ती कति वाहियात र अव्यावहारिक लाग्छन् । तरपनि म तिनलाई जोगाएर राख्छु किनकी मलाई अझै विश्वास छ, जे भएता पनि, मानिसहरु साँच्किै मनबाट असल छन् ।

It’s difficult in times like these: ideals, dreams and cherished hopes rise within us, only to be crushed by grim reality. It’s a wonder I haven’t abandoned all my ideals, they seem so absurd and impractical. Yet I cling to them because I still believe, in spite of everything, that people are truly good at heart.

यी सबै जुलाई १५, सन् १९४४ अर्थात नाजी प्रहरीद्वारा समातिनुको ठीक ३ हप्ता अघि एनीले डायरीमा लेखेका कुरा हुन् । अन्तिम अवस्था सम्म पनि एनीलाई उसको लेखिका बन्ने सपना सकार हुन्छ भन्ने थियो । विश्वयुद्ध अन्ततिर आइ रहेको थियो । हिट्लरलाई नाजीहरुबाटै मारिने खत्रा बढ्दै थियो । वेलायत लगायतका शक्ति राष्ट्रहरुको पलडा भारि हुँदै थियो । सायद ती सबै घटनाका बारेमा बिबिसी मार्फत अध्यावधिक भइरहने एनीका लागी वैकल्पिक नियतीको कुनै भनक नै थिएन । अगस्ट १, सन् १९४४ को लेखन नै उसको डायरीको अन्तिम लेखन रहेको छ ।

सन् १९४४, अगस्ट ४ को विहानीमा करीव १० देखि साढे १० को बीचमा एनी फ्रान्क र अन्य ७ जना लुकेको घरमा एक कार अडियो । कारबाट नाजी सैनिकको पोशाकमा कार्ल जोसेफ सिल्बरबावर र थप ३ सादा पोसाकका डच प्रहरीहरु बाहिरिए । उनीहरु सोझौ गोप्य बासभित्र गए र त्यहाँ रहेका सबै ८ जनालाई पक्रेर गले । सोझै गोप्य बासतर्फ जानुले कसैले उनीहरुको बारेमा सूचना चुहाएको संकेत गथ्र्यो ।

पक्राउ परेका सबैलाई एम्स्टरड्यामको जेल र उत्तर पूर्वी क्षेत्रमा रहेको वेस्टरबोक क्याम्प हुँदै सेप्टेम्बर ३ मा आउस्वीच (पोल्याण्ड) लगियो । एनी र उसकी दिदि मार्गोटलाई आउस्वीचबाट सारेर बेर्गेन बेल्सेन पु¥याइयो जहाँ टाइफस र चिसोका कारण दुबैले पालै पालो ज्यान गुमाए । त्यसको केहि साता पछि अप्रिल १२, सन् १९४५ मा अंग्रेजहरुले त्यो सिविरका सबै बन्दीलाई मुक्त गरे । एनी फ्रान्क र मार्गोट अझै त्यसै सिविरको सामुहिक चिहानमा छन् ।

आठ जना मध्ये एनीका बाबु अटो फ्रान्क मात्रै बाँचे । जुन ३, सन् १९४५ मा एम्स्टरड्याम पुगेका अटो सन् १९५३ मा स्वीट्जरल्याण्डको बाजेल सरे र त्यहिँ आउस्वीचमा पति र छोरा गुमाएकी भियनाकी माकोभिच गेइरिङ्गरसँग दोश्रो विवाह गरे । उनैले एनी फ्रान्कको डायरी पहिलो पटक सम्पादन गरेर प्रकाशनमा ल्याउने प्रयास गरे । त्यसको थुप्रै सम्पादन भएर प्रकासित पनि भयो तर धेरैले त्यसको सत्यतामा प्रश्न उठाए पछि (यहाँ हेर्नुस्) त्यसको बारेमा विस्तृत अनुसन्धान नै भयो ।

आउस्वीचमा पहिले ४० लाख यहुदी मारिएका भने पनि पछि त्यो संख्या साढे १० लाखको हाराहारीमा खसेको थियो । त्यस्तै दोश्रो विश्वयुद्धमा ६० लाख यहुदीले ज्यान गुमाएको भनिए पनि यो संख्यामा संका गर्नेहरु धेरै छन् । कतिले दोश्रो विश्वयुद्धको कुरालाई अनावश्यक दुश्प्रचार गरेर सहानुभुती बटुल्ने यहुदी प्रोपोगाण्डा नै भएको भनेर डायरीलाई पनि त्यस्तै प्रोपोगान्डाको अंश मानेका छन् । ती सबै शङ्कका आशङ्काहरुलाई चिर्नका लागी समालोचनात्मक संस्करण पनि प्रकाशित भएको थियो ।

विभिन्न संस्करणले विभिन्न श्रोतलाई आधार मान्ने भएकाले कतिपय संस्करणमा एनी फ्रान्क एक असाधारण रुपमै साहसी किशोरीका रुपमा पनि हेरिने गरिएको छ । त्यसैलाई चिर्न र अटो फ्रान्कले देखाउन नचाहेका केहि व्यक्तिगत पाटाहरु र एनीको आमाबाबा प्रतिको असन्तुष्टिका प्रसङ्गहरुलाई समेत समावेश गरेर हालका संस्करणहरु प्रकासित हुने गरेका छन् । साथै एनीको वास्तविक डायरी पनि एम्स्टरड्यामको सोही घरमा राखिएको छ जहाँ एनीले सो डायरी रचना गरेकी थिइन् ।

किताब सुरु गर्दा निकै अपेक्षाका साथ सुरु गरेकोले होला सुरुको भागमा अलि अरुची नै भयो । त्यसैले पुस्तक पढि भ्याउन झण्डै एक वर्ष भन्दा बढि लाग्यो । खासगरी पछिल्ला पाटाहरु बढि गहन र मार्गदर्शक छन् । डायरी मात्रै भन्दा पनि डायरीले जगाउने भोक र त्यसको तृप्तीका लागी गरिने अनुसन्धानका कारण डायरी एउटा महत्वपूर्ण ग्रन्थ हो । सकेसम्म नछुटाएकै राम्रो । डायरीकै कारण हिट्लर र विश्वयुद्ध सम्बन्धी धेरै जानकारीहरु पनि पाइयो । हिट्लरको पहिलो प्रेमीका यहुदी भएको देखि लिएर उनको आमाको अन्तिम अवस्थामा उपचार गर्ने डाक्टर समेत यहुदी थियो । यहुदीहरु उच्च पेशामा रहेका र खासगरी वित्तिय क्षेत्रमा भएकाले पनि आर्थिक मन्दीका बेला उनीहरु बलिको बोका बन्ने गर्दथे । अटो फ्रान्का पिताको पनि जर्मनीको वित्तीय केन्द्र मानिने फ्रान्कफर्ट शहरमा बैंक थियो । अटोले प्रथम विश्वयुद्ध ताका जर्मन सेनामा समेत सेवा गरेका थिए । पछि त्यहि जमर्न सेनाले उनीबाट उनको परिवार खोस्यो । समयमै जर्मन छोड्ने बुद्धिमानी निर्णय गरेर उनले निकै समयसम्म परिवार जोगाए । त्यसपछि पनि अमेरिका र वेलायत जाने प्रयासमै थिए । केहि शीप नलागेर त्यो गोप्य बासको व्यवस्था गरेका थिए । थोरै मान्छेलाई मात्र थाहा भएको सो बासस्थानका बारेमा आफ्नै भित्रकाले सूचना चुहाइदिँदा पक्राउ पर्नु प¥यो । पुस्तक सकिँदा साहसी किशोरी भनेर एनीलाई संसारले चिन्दै गर्दा उनको बाबुको साहस, चातुर्य र भूमिकालाई केहि थोरै मान्यता दिएको हो कि जस्तो पनि लागी रह्यो । जे होस् एउटा पढ्नै पर्ने पुस्तक पढियो । यो प्रतिकृयाले अझ केहि पाठक थपिए भने पनि यसको सफलता मान्ने छु । अस्तु !

एनी फ्रान्क सम्बन्धी थप जानकारीका लागी याे वेवसाइटमा जानुस्ः वेवसाइट

Read More From the Author

Comments are closed.