Register
A password will be e-mailed to you.

फोटो: श्याम बौचा

युवक अघिल्लो दिनको कामले लखतरान भएकोले अबेर सम्म बिछौनामा सुतेको छ । मोबाइलको अलार्म बेलाबेला बन्द गर्दै कोल्टे फेरिरहन्छ । उसलाई आज पनि काममा जानु छ । हिजो अनि अस्ती जस्तै । ऊ बसेको देशमा उसको चाड कसैले मान्दैन अनि उसको देशमा मनाइने चाडमा ऊ रमाउँदैन । वर्षौ देखि यस्तै चल्दै आएको छ ।
युवकः ओ हो १० पनि बज्न लागेछ ।
निद्राले लट्ठिएको स्वरमा अड्कँदै अड्कँदै बोल्छ । एकछिन बिछौनामै घोप्टो परेर मोबाइलमा फेसबुक चलाउँछ । सबैले दशैँको शुभकामना अनि फोटोहरु राखेको देखेर एकछिन खुशी हुन्छ ।
यो दशैँको शुभकामना भन्ने शुभकामना सन्देश बज्छ । युवक अझै खुशी हुन्छ ।
युवकः दशै आएछ है ! आफ्नो त यस्तै हो । फेसबुकका फोटोहरु हे¥यो, लाइक अनि कमेण्ट ठोक्यो, रमायो ।
‘स बै ला ई द शैँ को हा र्दि क मंगल मय शु भ का म ना । सबैको जीवन फलोस फु लो स अ नि ने पा ल मा स्था ही शा न्ती आ ओ स् ।’
लौ जा मैले नि पोष्ट गरिदिए ।

एकछिन पछि उसको हाँसो रोकिन्छ । अनुहार अँध्यारो हुन्छ । अनि रिसाउँदै समाचारका शिर्षकहरु पढ्न थाल्छ ।
युवकः
‘भारतद्वारा अघोषित नाकाबन्दी अझै कायमः इन्धन लगायत दैनिक उपभोग्य वस्तुको चर्को अभाव’
‘चिनको नाका समेत बन्द गराउने मधेसी नेताद्वारा चेतावनी’
‘नयाँ सरकार गठनका विषयमा अझै पनि सहमती हुन सकेन’
यस्तो त छ देशको हालत । के का दशैँ ? यसपाली त दशा नै लागेको हो । हे भगवान कहिले आउला मेरो देशमा स्थाही शान्ती ।
(मोबाइल छेउमा राखेर उत्तानो पल्टेर सुत्छ । हातहरु छातिमा राखेर आकासतिर हेर्दै फेरी बोल्न थाल्छ । )
देशमा महाभुकम्प आउँदा कस्तो एकता थियो । सबैले एकअर्कालाई मद्दत गरेका थिए । अब त पाठ सिकेछन् नेपालीले, अब त केहि होला भन्यो । फेरी उस्तै । कति चाँडै बिर्सिन सक्छौँ है हामीहरु ?
भुकम्पले थलिएको देशमा थप नाकाबन्दीले के हालत ग¥यो होला ? मलाई त सोच्दा समेत दिक्क लाग्छ । पख एकचोटी घरमा फोन गर्नुप¥यो ।
(ओछ्यानमा बसेर फोन डायल गर्छ ।)
‘हजुर आमा, आरामै छु । अनि हजुरलाई नि ?’
‘के हुनु आमा चाडबाडका बेला नाकाबन्दी कि के बन्दी भन्छन् । के–कस्तो भयो भनि बुझ्नलाई नि । ’
‘के र्गछ्यौ आमा गरीब देशमा जन्मेपछि यस्तै हो । यी मैलाई हेर्नुस् न ! आउँदा रहरैले आएको भएपनि अब त करले पनि यतै बस्नु पर्छ । फर्कन्छु भन्यो देशको हालत सम्झन्छु, देशबाट बाहिरिनेहरुको जमात देख्छु अनि जोश जाँगर सबै हराउँछ । ’
‘त्यस्तो त किन हुँदो हो आमा । माया त लाग्छ नि । ढुङ्गाको मन त हाम्रो पनि हैन नि बाबै । यस्तै हो नियतीले लखेटेपछि कस्को के लाग्दो रैछ र ?’

‘लौ हुन्छ आमा अहिलेलाई राखेँ । काममा नि जानु छ । यताको दशैँ त यस्तै हो ।’
‘ल हस हल । म फोन गर्दै गर्छु ।’
(फोन छेउमा राखेर सोच्न थाल्छ ।)
के गर्नु घरछँदा दशैँ उति प्यारो लाग्दैन थ्यो । अहिले त किन किन नियास्रो लागेर आउँछ । आउनेबेलामा त चिल्ला गाडी र ठूला घरहरुको सहर मात्रै सोचियो, दुःख गर्नुपर्ला परिवारबाट टाढा रहनु पर्ला भन्ने ख्यालै गरिएन । अहिले सबैथोक भएर पनि केहि नभए जस्तै भान हुन्छ ।
(फोनतिर एकछिन हेरेर टोलाउँछ ।)
‘पख अब एकछिन सानुलाई फोन गर्छु ।’
(फोन डायल गरेर कानमा लाउँछ ।)
‘ओइ लाटी के गर्दै ? ’ मुहारमा चमक ल्याउँदै बोल्छ ।
‘लौ मायाले भनेको । तलाई गिज्याउन हो त !’ लाडिदै फेरी सुत्छ ।
‘लाग्छ नि हौ माया । नेपालमा बाँकि भनेको तेरै माया त छ मेरालागी । सँगैका साथीभाइ त सबै आ–आफ्ना बाटा लागी सके । कोहि कोरिया, कोहि जापान, कोहि युरोप कोहि अमेरिका । देशमै भएका पनि घरगृहस्तीमा लागी सके । आफ्नो त यी यस्तै हो ।’ फेरी कोल्टे फेर्छ ।
‘पख न बाबु केहि जोहो गर्नदे । अनि ल्याउँला नि तलाई । हनिमुनमा सँगै प्यारीस घुम्नुपर्छ बुझिस् । चट्ट लाएर आइफिल टावरको अगाडि तेरो मुख चुच्चो पारेको फोटो खिच्नु पर्छ । अनि फेसबुकमा हाल्नुपर्छ । तेरा सबै दुश्मन डाहा ल्यै मर्छन् ।’ उठेर बस्दै ।
‘हो के । ढाँटेको भए मरिजाउँ ।’ कपालमा हात पु¥याउँदै गम्भीर भएर भन्छ ।
‘अनि विश्वास गर्दैनस्, के गर्नु त ?’ (निच्च दाँत देखाउँदै हाँस्छ ।)
‘ल ल अबदेखि मर्ने कुरा गर्दैन । एउटा जुन जस्ती राम्री छोरी नपाइ पनि के मर्नु एकबारको जुनीमा ।कस्तो रहर छ, छोरीको चुल्ठी बाटेर स्कुल पु¥याउन जाने, तलाई के था ।’ अर्को तर्फ फर्केर बस्छ ।
‘छैन हो छैन । कसैसँग माया लाएको छैन । यताका गोरीहरुको छाला मात्रै गोरो मन कालो । तेरो जत्तीको माया त कसैको लाग्दैन । कस्सम !’ हातले तन्ना कोट्याउँदै अनि खेलाउँदै भन्छ ।

‘लौलौ लौलौ । अब नेपाल आउँदा झ्याँइ पार्ने पक्का ।’
‘हस हस । तलाई जस्तो मन लाग्छ त्यस्तै गरौँला । मनलागी गरेस् । ’ मुहारमा गुमेको हाँसो फेरी फर्कन्छ ।
‘लौ लाटीअब काममा जाने मन लाग्यो । एकचोटी माया गर अनि काममा पनि मन लाग्छ ।’ हातले कपाल माथि मिलाउँदै भन्छ ।
‘गर न गर !’
‘ओ हो मेलो बाबुले मलाई कत्ती माया गल्छे । म्………वा….’ (एकछिन सम्म चुप्पचुप्प आवाज आइ रहन्छ ।)
‘लौ हुन्छ । दशैँका दिन स्काइपमा आउनु त्यतै टिका लाउँला । आमाबालाई पनि त्यसै भनेको छु ।’ (केहि सोच मग्न भएर भन्छ । )
‘लौ हस्हस् । ऐले जान्छु नत्र साहुले मार्छ ।’ ओछ्यानबाट ओर्लँदै भन्छ ।
‘म्……वा । लौ राखे ।’ अनुहारमा एक छिन सम्म हाँसो छाउँछ ।
‘यी यस्तै हो परदेशको दशैँ । घरको सुर्ता, कामको चटारो अनि देशको चिन्ता । परदेश जाँदैछु भन्ने त थाहा थियो तर यति पर पुगौँला भन्ने थाहा थिएन । लौ लाग्नु प¥यो अब काममा । के गर्ने यत्ति नगरे मुखमा माड लाग्दैन ।’
युवक ओछ्यानबाट उठ्छ । हातमुख धुन्छ । अनि ब्रेडमा बटर लाएर मुखमा च्याप्दै कामतिर दौडन्छ ।

Leave a Reply