नजिक आउ आज यौटा कसम खाउॅ सॅगै,
तर्कि-तर्कि कति हिड्छ्यौ, म त पर्छु दॅगैं।
यसपाली नि नहुने भो रहर मनको पुरा,
कति बसौं दिनगनी हेर्दै सुनका चुरा।
राखेको छु लगाईदिन स्पर्शले त्यो तन,
अॅधेरीमा ध्रुवतारा सधैं बनोस् तिम्रो मन।
अॅाटौ भन्छु अॅाटछैन समाउने यो हात,
रूदै जीवन कटाउली छुटेपछी साथ।
पछि भेट्दा झ्यालबाट ईशाराले बोल्नु,
दुख सुख बेदनाका भेद सबै खोल्नु।
केश फूल्यो दार्ही फूल्यो हरियो नै माया,
उज्यालो र रॅगिन लाग्छ देख्दा तिम्रो छायॅा।
अंधेरीको ध्रुवतारा
