Site icon Rising Junkiri

उपहार तिमीलाई चिठ्ठीमा

 

उपहार तिमीलाई चिठ्ठीमा

कति प्यारो छौ,
तिमि मेरो अगाडी नभए पनि
मेरो नयनमा बसेको छौ माया।

तिमीसंग बिताएका हरेक पल न्यानो छन् माया
बिपनिमा आकलझुकल भेट भएता पनि
सपनीमा सधै सताउछौ माया।

थाहा छ मलाई तिमि नरिवल जस्तै छौ
बाहिर कठोरमा कठोर र भित्र नरममा नरम
सधै साथ दिन्छौ माया, मलाई सम्हाल्छौ
के यो साथ सधै दिन्छौ र माया,

म त केवल आफैमा हराएकी छु हेर
न त भाव पोखन सक्छु,
न त शब्द नै बयान गर्न सक्छु,

नियतिले तिमिसंग भेट गरायो जब म आफु खुलेर हाँस्न सकिन
तिमीले मलाई खुल्न मदत त गर्यों तर आफै हाँस्न बिर्स्योउ माया
के तिमि नहास्दा म मुस्काउन सकुला र माया
तिमीलाई गारो पर्दा चुप बस्न सकुला र माया।

जीवन धेरै लामो छ माया साथ चाहिने छ
के तिमि र के म गर्नु माया
जसलाई चोट लागेपनि दुख्ने त आफ्नैलाई हो माया
एकअर्काको हिम्मत बन्नु छ माया।

तिमि हिम्मत कहिले नहार्नु माया तिम्रो आट म छु
एकअर्काको नटुट्ने बन्धन छ माया
मारे पाप पाले पुण्य भनि मेरो हात तिमीलाई सुम्पिनुहुनेछ माया
तर ति हात कहिले नउथाउनु है माया
आफु भन्दा बढी बिश्वाश गरेकी छु माया
यो बिश्वाशलाई भ्रममा परिणत नगर्नु है माया।

तिमीलाई मनभरिका पिडा कविताको सन्देशमा पोखेकी छु
मन नदुखाउनु है माया
आट र हिम्मत बन्नु माया नामर्द नबन्नु है
मुनामदन, राधाकृष्ण झैँ जोडी भन्दिन म
चाहेको समयमा हात नछोड्नु है माया
सधै माया गर्ने छु तिम्रो साथमा हुनेछु
तिमीलाई सानो चिट्ठी उपहार स्वरुप दिएकी छु
तिमीलाई न्यानो माया अनि सम्झना।।

– आयुष्मा जोशी

Exit mobile version