Site icon Rising Junkiri

आँखिर मानिसहरू किन गर्छन् बलात्कार? र यसका रोकथामका उपाय के छन?

किन गर्छन् बलात्कार

केही दशक अगडिका कुराहरू गर्ने हो भने बलात्कारका घटनाहरू केही मात्रा मै मात्र दर्ता हुन्थे, कसैलार्इ अाफ्नो बेइज्जत हुने डर हुन्थ्यो भने, कसैलार्इ डर धम्कीले चुप्प गरार्इन्थ्यो, कसैकसैले त अात्महत्यानै गरेको जस्ता खबरहरू अझै पनि सुनिने गर्छन । तर अहिलेको कुरा गर्दा देशमा दिनहुँ ३ देखि ४ को मात्रामा यस्ता घटनाहरू दर्ता हुने तथ्याँङ्क छ । तर अझै पनि गाँउघर तिरका घट्नाहरू बाहिर अाउने हो भने यो तथ्याङ्क अझै १० प्रतिशत देखि २० प्रतिशत सम्म बढ्न सक्ने अनुमान हामि गर्न सक्छाैं ।

केहि महिना पछाडिको नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो संख्या करिब १२ सय भन्दा बढी पुगेको छ। अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा ६ सय देखी ९ सय प्रतिशतले बढेको छ। [1]

झन बिड्म्मबना के छ भने, यस्ता घट्नाहरू ले झन झन् क्रूर रूप लिदैगर्इ राखेका छन । क्रुरताको कुरा गर्ने हो भने तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि नर्मम हत्या भएको थियो

त्यसतै यो एउटा घटनामात्रै हो, पुरानो तथ्याङ्क अनुसार “गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीले बताएको छ। जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ। प्रत्येक वर्ष ९ सय ४६ तथा प्रत्येक महिना ७८ जना बलात्कारको शिकार हुने रिपोर्टमा उल्लेख छ।” [2]

तर यस्ता घटनाहरू किन हुने गर्छन भन्ने कुरा लार्इ नियाल्ने हो भने धेरै कारण हुन सक्छन तर त्यस मध्ये पनि धेरै ठुलो कारण भनेको मान्छेको संकुचित सोचार्इ र बिचार धारा हो जस्तो लाग्छ ।

अब अरू कारणहरू लार्इ नियाल्दा बलात्कार तथा यौन हिंसा बढ्नुमा पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेश जानु, स्कुल, कलेजमै ब्वाई फ्रेन्ड (गर्ल फ्रेन्ड कल्चर विकसित हुनु र विवाह नगरी केटा/केटी विवाहपूर्व नै एकसाथ बस्नु प्रमुख कारक हुन सक्ने अनुमान गर्न सक्छाैं, तर अझैं पनि यि नै मुख्य कारण हुन भन्न सकिन्न । किन भने, दिनहुँ सुनिने यस्ता घट्ना हरूलार्इ हेर्ने हो भने, सबैको प्रकृति फरक फरक नै देखिन्छ।

क्षेत्रको हिसाबमा घटनाहरू को तथ्याङ्क खोज्दा खसोखासमा लेखीए अनुरूप

“पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको बलात्कार पश्चात हत्या गरिएको छ। त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पश्चात हत्या गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए भने १ सय ५५ जनाको बलात्कार पश्चात हत्या गरिएको तथ्यांकमा उल्लेख छ।”

मानिसहरू किन बलात्कार गर्छन् ।

पुरूषहरू ले बलात्कार गर्नुकाे एउटा कारण भनेको अति उत्तेजना हो, त्यो अति उत्तेजनालार्इ रोक्न नसकेर उस्ले अाफ्नो सन्तुलन बिगार्दछ र बलात्कार जस्तो घटनाको सिर्जना हुन्छ ।

Richard von Krafft-Ebing wrote Psychopathia Sexualis (1886), he assumed that rapists suffered from either ‘priapism and conditions approaching satyriasis’ or a ‘mental weakness’ that allowed lustful urges to escape their control.

त्यस्तै अन्यकारणहरू पनि छन जसमा

यस्ता अन्या कारणहरू पनि हुन सक्छन, जस्ले बलात्कार जस्तो घटनालार्इ निम्त्याउँछ ।

यस्ता घटनाहरूलार्इ रोकथाम गर्न के गर्न सकिन्छ?

याैन अपराधहरूले समाजमा धेरै नराम्रो असर पारि राखेको हुन्छ, जहाँ शक्ति र बलको प्रयोग हुन्छ, जुन समाजमा यस्ता घटनाहरू हुन्छन र उनिहरू लार्इ केही हुँदैन त्यहाँ यस्ता कृर्याकलाप गर्ने हाैंसला बढछ र घटनाहरू बढदै जान्छन् । रोकथामको लागी केहि हद सम्म सजकता अपनाउन सकिन्छ ।

याैन शिक्षालार्इ प्रोतशाहन र कानुनको पालना गर्न अावह्वान गर्नुनै मुख्या अावश्यक कुरा छ जस्तो लाग्छ, सकिन्छ भने अाफ्नो क्षेत्रबाटै याैन शिक्षाको बारेमा जानकारि दिने प्रयासको थालनि गरियो भयो भने हामीले बिभिन्न सुरक्षाका उपायहरू अपनाउन सक्छाैं र केहि हदसम्म यस्लार्इ न्युनिकरण गर्न सकिन्छ ।

Exit mobile version