Site icon Rising Junkiri

कोरोना

corona

कोरोना

संसार भरि आइरहेछ कोरोनको लहर ,
भन्दैन यसले लेक, बेंसी, गाउँ र सहर।

न्यासरिएर नबसौं हामी धेरै पिर गरेर,
फल नै पनि धेरै फले जान्छ नि त झरेर।

मानव भै हद नै बिर्सी पेल्दै थिएम प्रकृति,
त्यसैले त आको होला मानवलाई यो आप्पत्ति ।

विश्व भरि फैलिएको यो कोरोना भाइरस,
आफू बच्न तातो बाफ तातै पानी खाइराख।

टिम्मुर हाली चट्ट पारि ट्वाक्क अचार खाउँ न ,
जथाभाबी हिंड्दै डुल्दै यो रोग चैं नसारौं न ।

डराइ डराइ कति दिन बस्नु पर्ने पन्छिएर ,
गरिब जनता नमरुन कतै खान नै नपाएर।

घेरी ल्यायो चारै तिर रॊगको यो बिपत्तिले ,
विकल्प खोजौं छाक टार्न ज्याला मजदुरीले।

संसार सारा घुम्दा घुम्दै कोरोना नि थाक्ला नि ,
निर्मुल भयो यो रोग भनि नाच्ने दिन नि आऊला नि।

Exit mobile version