Site icon Rising Junkiri

गयौ

एउटा छायाँ छल्नै सकिन मैले
एउटा माया भुल्नै सकिन मैले
छलेर गयौ, भुलेर गयौ
गयौ त गयौ माया मारेर गयौ

नशा थियो तिम्रो हेराईमा
जादु थियो तिम्रो मुश्कानमा 
मदहोस थिए म, घायल बनाएर गयौ
गयौ त गयौ जालमा पारेर गयौ

यो दिलमा तिमी थियौ
त्यो दिलमा म जान्नु कसरी
माया लाउछु भन्दै गयौ
गयौ त गयौ आगो लाएर गयौ

Exit mobile version