Site icon Rising Junkiri

जिउँदो शव

जिउँदो शव

तिता यादहरुको झुपडी बनेको यो जीवनमा

निकै कठिन हुँदो रहेछ खुशीको महल ठडाउन

अझ कठिन रहेछ यादहरुबाट भागन

यादहरु जस्ले आँसु झर्न बहेक केही गर्न सक्दैन ।

 

आफ्नै परीचय खोज्दै हिंडेको एक यात्र भनु कि के?

आफ्नै सम्बोधन गर्न गाह्रो परीरहेको छ

ठुलो मान्छे बन्छु बा भनेर हिंडेको छोरो

बुवाको हात मा दुईवटा हजार समेत थमाउन सकेको छैन ।

 

अहिले आएर तिम्रो पसिनाको महत्व बुझ्दैछु बा

अनी धिकार्दै छु आँफै लाई प्रत्यक पल यो परिस्थिती का लागि

म निशब्ध भएको छु सडक जस्तै

अनी बनेको छु म जिउँदो शव ।

 

हिढ्दै गर्द आएका अनगिन्ती रुकवटहरुलाई छिचोल्दै अघी बढ्ने कोशीस गरे

तर यि बाधक हरुले मेरो पछी छडने भएनन

शायद दुखी र म एक आर्काको पर्यायवाची भएछौ

उस्ले मेरो साथ नछोड्ने अनी मैले उस्को ।

 

तर चिन्ता नगर बा यो तिम्रो छोरोले आफ्नै संसार सजाउने छ

मुग्लान गएर पैसा ल्याउन नसकेनी खुशी ल्याउने छ तिम्रा ति चाउरिएका मुख र लोलएका आँखामा

अनी चाडै यो जिँउदो शव एक मिसाल बन्ने छ

अनी सजाउने छ आफ्नै एउटा खुशीको संसार ।

Exit mobile version