- परिचय
आधुनिक सभ्यताको प्रारम्भदेखि नै हाम्रा पुर्खाहरूले यान्त्रीक उपकरणहरूको प्रयोग गरेर आफ्नो सम्पत्ति सुरक्षीत राख्नको लागि यस्ता केहि उपकरणहरुको विकास गरे। सुरुमा ती केवल डोरी वा अन्य सामग्रीबाट बनाइएका साधारण गाँठहरू मात्र थिए (यदि कसैले उनीहरू खोल्न प्रयास गरेको हो भने तिनीहरू पत्ता लगाउन मात्र प्रयोग गरिन्थ्यो) तर समय बित्दै जाँदा र नयाँ प्रविधिहरू विकास भएपछि काठ र धातुबाट बनाइएका साँचो प्रयोग हुने ताला हरू प्रयोग गरीन थाल्यो। ताला सुरक्षाको लागि घरको ढोका वा कुनै बस्तु वा स्थानमा लगाईने यान्त्रिक साधन हो । यो कुनै चाबी वा कुनै संयोजनको माध्यमले खोल्न सकिन्छ ।ताला भनेको एक यान्त्रिक उपकरण हो जुन ढोका, सवारी साधनहरू, वा कुनै पनि कुरा सुरक्षा गर्न यस्को प्रयोग गरिन्छ । बाहिरि व्यक्तिले भित्रबाट केहि पनि चोर्न नस्कुन भनेर यसको प्रयोग गरिन्छ। लकहरू कुञ्जीहरू को सहयोगमा वा उचित क्रममा संयोजनको साथ खोल्न सकिन्छ।साधारण डोरिको ताला बाट सुरु भएको सुरक्षा को यन्त्र कसरी आधुनिक voice lock सम्म आईपुग्यो त । आधुनिक समयका इतिहासकारहरू यकिन गरेर भन्न सक्दैनन कुन प्राचीन सभ्यताले सबैभन्दा पहिले मेकानिकल ताला बनाए तर धेरैले के विश्वास गर्छन् भने मिश्री, ग्रीक र रोमीहरूले तालाको विकास गरेका थिए।यान्त्रिक तालाहरूको इतिहास 4 हजार वर्ष भन्दा पहिले प्राचीन मिस्रमा शुरू भएको अनुमान गरीन्छ,जहाँ Locksmith (ताला मेकानिक) ले सर्वप्रथम सरल तर प्रभावशाली pin tumbler lock सिर्जना गरे जुन पूर्ण रूपमा काठबाट बनेको थियो। यसमा काठको चौकी समावेश थियो जुन ढोकामा जोडिएको थियो । विशेष गरी बनाइएको ठूलो र गह्रौं काठको चाबी आधुनिक टुथब्रश जस्तो आकारको थियो ।
चार हजार बर्ष पुरानो ताला
आदिम सहर निनेवा(Nineveh)(आधुनिक ईराक) भन्ने स्थान नजिकै खोर्साबाद दरबार मा 4000 बर्ष पुरानो ताला भेटिएको छ।यसतो तालाले ढोका सुरक्षित गर्नका लागि काठ बाट बनेको बोल्ट प्रयोग गरिएको हुनथ्यो, यसको माथिल्लो सतहमा धेरै प्वालहरु भएको स्लट बाट बनेको हुनथ्यो। 18 तथा 19औ सताब्दी मा औद्योगिक क्रान्तिको शुरूवातको क्रममा ताला को ब्यापक प्रयोग भयो। यान्त्रिक बिकास सगै सुरक्षाका निमित्त बिभिन्न उपकरण हरु निर्माण भए जस्ले तालाको बिकासमा महत्वपुर्ण योगदान दिए।
- ताला सग जोडिएको सुरक्षा
आदिम मानवले आफ्नो गुफामा ल्याएको शिकार को सुरक्षा गर्न गुफाको मुख छोप्न के कस्ता उपाय हरु गरे होलान। ढुगा ले छोप्ने,वा झाडिले लुकाउने गरे होला।
अलि सभ्यता बिकसित हुदै गर्दा सामान्य डोरि को प्रयोग भयो। र पछि अलि जटिल ताला हरु निर्माण भए।कस्ले ढोकामा ताला लगाउने कुरा सबै भन्दा पहिला सोच्यो होला? प्रारम्भिक ताला हरु निकै सुरक्षित थिए,अझ त्यसमा सजावटका कुराहरु जोड दिएका पाईएका छन। तिन फिट सम्म का ताला हरुको ईतिहास पाईन्छ । लुट तथा चोरी बाट जोगाउन बिषाक्त ग्यास स्वचालित पिस्तोल,तिर आदि पनि तालामा राखिन्थ्यो । मानिस नहुदा ताला ले बस्तु तथा सामानको, घरको सुरक्षा गर्न प्रयोग गरिनथ्यो । जस्ले सम्पती तालाको भरमा छोडेर बाहिर निस्कने स्वतन्त्रा प्रदान गर्यो।
बिषय अध्ययन
हजारौ बर्ष पहिले रोमका मानिस हरुले प्रयोग गर्ने ताला र आज हामीले प्रयोग गर्ने ताला मा खासै सैधान्तिक फरक छैन। काठ बाट बनेका ढोका बन्द गर्न प्रयोग भएका छिढ्किनि समय क्रम सगै अलि जटिल भए,समय परिबर्तनशील र गतीशील छ।समयको परिबर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । आज प्रयोग हुने voice lock,laser lock जस्ता जटिल ताला हरु त्यही काठका छिढ्किनि का उपज हुन। सुरक्षा र पहुँच लामो समयदेखि मानव समाजको महत्त्वपूर्ण पक्ष रहेको छ, ताला र चाबी को आविष्कारले हामीलाई हाम्रो सम्पत्ति र सम्पत्तीहरूमा पहुँच नियन्त्रण गर्न र व्यवस्थित गर्न सक्षम गर्दछ। ताल्चा र चाबीहरू हजारौं बर्षहरूमा परिवर्तन भएका छन्, तिनीहरू अझै हाम्रो दैनिक जीवनको अभिन्न अग बनेका हुन्। आज, तालाहरू हाम्रो अगाडिको ढोका, सेफबक्स, र कारहरूमा फेला पार्न सकिन्छ । ताला एक प्रकारको धातुको यन्त्र हो,जस्को दुई भाग हुन्छ यसमा फलाम,सिल्वर,तामा,पीतल आदि धातुको प्रयोग हुन्छ।बिशेष चाबिले वा अकको सम्योजन बाट मात्र खोल्ने काम हुन्छ। कुनै पनि कुरा बन्द र खुल्ला गर्न यसको प्रयोग गरिन्छ,तर जुन सुकै चाबीले खुल्दैन,आधिकारिक ब्यक्ती र चाबि ले मात्र खोल्न सकिन्छ । मानिस नहुदा ताला ले बस्तु तथा सामानको, घरको सुरक्षा गर्न प्रयोग गरिनथ्यो । जस्ले सम्पती तालाको भरमा छोडेर बाहिर निस्कने स्वतन्त्रा प्रदान गर्यो।आधुनिक सभ्यताको प्रारम्भदेखि नै हाम्रा पुर्खाहरूले यान्त्रीक उपकरणहरूको प्रयोग गरेर आफ्नो सम्पत्ति सुरक्षीत राख्नको लागि यस्ता केहि उपकरणहरुको विकास गरे। सुरुमा ती केवल डोरी वा अन्य सामग्रीबाट बनाइएका साधारण गाँठहरू मात्र थिए । यान्त्रिक बिकास सगै सुरक्षाका निमित्त बिभिन्न उपकरण हरु निर्माण भए जस्ले तालाको बिकासमा महत्वपुर्ण योगदान दिए।
सारांश
आफ्नो वरिपरि एक पल्ट हेरिरेर्नुस त । ताला जहि कतै भेटिन्छ । ढोकामा,दराजमा,बैकमा,बाईकमा,मोबाईलमा। यसरि जहिकहि देखिने ताला बारे हामिले गहिरेर हेरेका छौ? भए।कस्ले ढोकामा ताला लगाउने कुरा सबै भन्दा पहिला सोच्यो होला? कसरी ताला आजको यति जटिल मोडल मा आईपुग्यो ?
आदिम मानवले आफ्नो गुफामा ल्याएको शिकार को सुरक्षा गर्न गुफाको मुख छोप्न के कस्ता उपाय हरु गरे होलान। ढुगा ले छोप्ने,वा झाडिले लुकाउने ।
अलि सभ्यता बिकसित हुदै गर्दा सामान्य डोरि को प्रयोग भयो। र पछि अलि जटिल ताला हरु निर्माण भए। हजारौ बर्ष पहिले रोमका मानिस हरुले प्रयोग गर्ने ताला र आज हामीले प्रयोग गर्ने ताला मा खासै सैधान्तिक फरक छैन। काठ बाट बनेका ढोका बन्द गर्न प्रयोग भएका छिढ्किनि समय क्रम सगै अलि जटिल भए।
रोमका मानिस हरुले चाबि लाई औठि का रुपमा प्रयोग गर्ने गर्थे यो सामाजिक प्रठिस्ठा को बिषय थियो। प्रस्सत बहुमुल्य सम्पती हुने ले मात्र त्यसतो औठि लगाउथे । यो अभ्यास ले दुई फाईदा हुने गर्थो एक सामाजिक ईज्जत र अर्को बहुमुल्य सामान को सुरक्षा । तपाई बहुमुल्य सामान राख्न सक्ने महत्वपुर्ण कुलिनहुनुहुन्छ,भन्ने देखाउने माध्यम चाबि पनि थियो।
ताला बनाउने ब्यक्ति पनि महत्वपुर्ण हुने गर्थ्यो। महत्वपुर्ण मानिस हरुको ताला बनाउनु पनि जिम्मेवारी को बिषय हुने गर्थ्यो,गल्त ब्यक्ति लाई चाबि बनाएर दिनु ठुलो अपराध हुने र ,त्यसको मुल्य कहिलेकाहि मृत्यु हुने गर्थ्यो ।
लुट तथा चोरी बाट जोगाउन बिषाक्त ग्यास स्वचालित पिस्तोल,तिर आदि पनि तालामा राखिन्थ्यो । मानिस नहुदा ताला ले बस्तु तथा सामानको, घरको सुरक्षा गर्न प्रयोग गरिनथ्यो । जस्ले सम्पती तालाको भरमा छोडेर बाहिर निस्कने स्वतन्त्रा प्रदान गर्यो।
आदिम सामान्य डोरीको ताला आज Digital तालाको रुपमा परिवर्तन भएको छ,दिनानुदिन फरक स्वरुपमा बिकास भै रहेको छ। यस्ता electronic ताला हरु झनै सुरक्षित र जटिल पनि छन । रोम का उच्च कुलिन ले लगाएका काठका पिन वाला ताला र आजको digital Electronic ताला को उद्देश्य भने एउटै हो,सुरक्षा ।
- सन्दर्भ सामाग्री
1) Ancient Locks: The Evolutionary Development of the Lock and Key: Scott J. Klemm
2) https://ne.wikipedia.org