Site icon Rising Junkiri

तिमी र हिउॅं

निरन्तर परिरहेछ हिउॅं

कपासको भुवासरी

चुम्दछ मेरा ओठहरू।

शितल, कोमल

तिम्रो माया जस्तै,

फरक यत्तीकि

हिउॅं बिस्तारै जम्दछ

तिमी बिस्तारै पग्लिन्छौ।

भिरालोबाट  चिप्लदा लाग्छ

तिम्रै बक्षस्थलमा

चिप्लिरहेछु तिम्रा हात समाई,

नछोड किनकी

यस खेलमा विजयी बनाउने

तिम्रै हातहरु हुन्।

चहान्छु हिउॅं नजमोस्

तर

नजमेको हिउॅंमा चिप्लेटी खेल खेल्न मिल्दैन,

त्यसैले हिउॅं झर्छ, जम्छ पग्लन्छ

तपक्रमसॅंगै

उस्तैगरी तिमी मेरो समिपमा रहेझैं।

Exit mobile version