Site icon Rising Junkiri

दाजु तिम्राे सम्झना १

दाजु तिम्राे सम्झना १

दाजु तिम्राे सम्झना

नसोचेको थिएँ तिमीलाइ पाउछु भनी
नथाहापाएको थिएँ तिमी रून्छाै भनी
कहिले म तिम्राे थिइँन र
तिमीलाइ जहिले माया गर्छु थानेेँ ।

कसैले तिमीलाइ छाेयाे भने
याेे मन पाेेल्छ कता कता
काेेहि तिमीसँग नजिक भयाेे भने
याे मन रून्छ जता तता ।

सधैँ तिमी आउने बाटाेमा
तिमीलाइ म पर्खी बस्छु
त्यहाँ तिमी आएनाै भने
म धुरूधुरू राेएर बस्छु ।

जब जब चाडपर्व आउछ
तब तिम्राे यादले मलाइ सताउछ
कता कता गएर
तिमीलाइ भेटाै भेटाै बनाउछ ।

त्यसैले तिमी फर्की आउ दाजु
तिम्राे यादले मलाइ सताउछ
जसरी भए पनि आउ दाजु
तिम्रो यादले सबैलाइ टढ्पाउछ ।

 

Exit mobile version