Site icon Rising Junkiri

दाजु तिम्राे सम्झना

Poem for brother

दाजु तिम्राे सम्झना

नसोचेको थिएँ तिमीलाइ पाउछु भनी
नथाहापाएको थिएँ तिमी रून्छाै भनी
कहिले तिम्राे थिइँन
तिमीलाइ जहिले माया गर्छु थानेेँ

कसैले तिमीलाइ छाेयाे भने
याेे मन पाेेल्छ कता कता
काेेहि तिमीसँग नजिक भयाेे भने
याे मन रून्छ जता तता

सधैँ तिमी आउने बाटाेमा
तिमीलाइ पर्खी बस्छु
त्यहाँ तिमी आएनाै भने
धुरूधुरू राेएर बस्छु

जब जब चाडपर्व आउछ
तब तिम्राे यादले मलाइ सताउछ
कता कता गएर
तिमीलाइ भेटाै भेटाै बनाउछ

त्यसैले तिमी फर्की आउ दाजु
तिम्राे यादले मलाइ सताउछ
जसरी भए पनि आउ दाजु
तिम्रो यादले सबैलाइ टढ्पाउछ

 

Exit mobile version