Site icon Rising Junkiri

प्रकृतिको प्रकृति

जब ति सेता हिमाल नांगिएर अध्यारो मुख पार्दै मलाइ हेर्छन,
तब यो शहरको झिलिमिलीमा मलाइ फुरुङ्ग हुनुछैन |

जब ति अध्यारा मन रोएर पग्लिएको हिमनदि सुकेको देख्छु,
तब स्विमिङपुलमा डुबुल्की मार्दै मलाइ पाप पखाल्नु छैन |

जब महाभारतका विशाल छाती डोजरले कोट्याउदै लाज उदाङ्गो पार्दैछ,
तब लाजनै शोभा ठानेर कपडाले जिउ ढाकेर मेरो लाज ढाकिन्न |

त्या वनका रुख र हागाहुगीका गुड अनि ओडार मासिएपछी,
यता महल ठडाएर चैन मिल्दैन मलाइ |

जब हाम्रा टिम्मुर, ओखर, काफल, अमला विदेशीको फार्मतिर पलायन भए,
तब जिब्रो ट्वाक्क पर्ने झोल मो:मो नमिठो हुदैछ भन्दिन म |

माथिका बाज र चिल अनि तलका मौरी पुतली सबै थुनेर,
हवाईजहाज चढेर संसार सयर गर्ने र?

जब माथी हेर्छु बिमार वायुमण्डल ज्वरोले राप्पिएको देख्छु,
तब ए.सी रुममा आराम गर्न मलाइ सुहाउदैन |

जब हुन्न हिमाल, पहाड, नदीनाला,
जब हुन्न फुलबोट, रुखविरुवा ,
जब उड्दैनन् चराचुरुङ्गी र पुतली,
जब हुदैनन् अन्न बाली,
तब रहन्न मानवपनि
तर तबपनि रहीरहन्छ प्रकृति |

विनाशपछी प्रकृतिले जीवन फेरी उमार्छ,
त्यसैले केइ नरहेपनि रहन्छ प्रकृति |
हामि नरहेपनि रहन्छ प्रकृति
तर प्रकृति नै नरहे रहन्नौ हामि |

जब नियाल्छु म प्रकृतिको यस्तै हर पहेली
तब बुझ्छु प्रकृतिको प्रकृति |

– विवेक अरुण्य काफ्ले

Exit mobile version