Site icon Rising Junkiri

म त फलामको मान्छे

फलामको मान्छे

म त फलामको मान्छे
म मा कुनै दया-माया नहुनूपर्ने
न त रिस-राग नै
भावना सुन्य हुनुपर्ने
न त पिडा न त खूशी
केही महसुस नै नहुनूपर्ने
फेरी किन हुन्छ आॅशूको वर्षा कहिलेकाॅही
अनी किन हुन्छ हासोॅका छन्कारहरूको बिस्फोट
मायाको बाढी किन आउछ तिम्रो लागी यो मुटुमा
तिम्रा यादहरूले भूकम्प कसरी ल्याउँछ यो मस्तिष्कमा
छैन म सॅग उत्तर
म त फलामको मान्छे
तिमी पो भावनाले भरिपूर्ण छौ
लौन आज मलाई परिभाषा देउ मायाको
म पनी त थाहा पाउॅ
तिमीले बुझेको माया र मैले गरेको मायाको फरक
हुन त नबुज्न पनी सक्छु है
तिम्रो परिभाषा मायाको
म त फलामको मान्छे

Exit mobile version