रहर ले देख्न खोजेको होर सपना?
हैन
सोच्नत धेरै कुरा सोचेर सुत्छुँ
तर सपना
अर्कै अाँउछन
टक्क जगाउछन
मेरो जीवन संग कैले मेल नखाने धटनाहरू
अाकास बाट, असिना खसे सरी बर्सिन्छन
तिँ सपनाहरू ।
हरेक दिन तेस्तै हुन्छ
पल पल तेस्तै हुन्छ
बिहान बेलुका
दिउसो सुतुँ
सपनाको झमेला ।
सोच्छु कैले काँहि
किन अाउँदाहुन्
धेरै काल्पनिक कुराहरू
सपनामा ।
सबै हुने सपनाहरू
किन नहुँदाहुन बिपनामा ।
सबै सपनाहरू
सपनाहरू नै भएर बिलाँउछन
दुःख त तब लाग्छ
जब राम्रो सपना देख्नु
त्यो सपनाको छेउ न टुप्पो
तलन माथिको कुनै याद नहुनु ।
अझै भन्ने हो भने,
सपना तिता मिठा सबै हुन्छन
जुन दिन हुँदैन्न
दुःख पनि लाग्छ र खुसी पनि
तर रमाइलो भनेकै तेहि
काल्पनीक सपनाको संसार
एकै छिन भए पनि नभएको
कुरामा रमाउन पाइन्छ
सोचेका धेरै कुरा हुन्छन
तिँ सबै अाफ्नै ठाने सरि सताइन्छन
तिँ नै हुन सपना ।
तर याद रहोस
म त्यो सबै सपनाहरूमा
भुलभुल्लैया मा भुले सरि भुल्न र
अाफुलाइ तिँ सपनाहरूमै हुल्न चाहान्न ।
अर्को ः नाजुक दिल