अपरिचित
नदि हौ तिमि, तिम्रो आफ्नै बहाव छ,
म आउने जाने छाल मात्र हुँ |
रङ्गमंच तिमि, रम्छौ झुटा नाटकमै सहि,
झुटै ताली बजाउने म पनि अनजान हुँ |
मौन मार्ग हौ तिमि, अज्ञात पैतालाहरु हुँ म |
सबैका भोगाई देखेको चौतारी तिमि ,
अकथित कथाको पात्र हुँ म |
महाकाव्य हौ तिमि, म एक अध्याय |
भोगाई को लामो सुस्केरा हौ तिमि,
थकाइको फुसफुसे सास हुँ म |
बिहानीको उज्यालो आकाश तिमि,
म मिरमिरेमा हराउने तारा |
अमुल्य साथ, बेहिसाव माया तिमि,
म पलभर को अँगालो |
मुश्कान छर्ने तिमि कहानी,
म आशु दिने संयोग |
पार्थिव धरातलको बालुवा म,
गहिरो छाप छाडेकी पाइला तिमि |
कदर गर्छु ति पलहरुको, हेला नगर्नु तिम्ले पनि |
तिम्रा उतारचढावमा जुरेको म अपरिचित
मेरा सुन्दर पलहरुमा जुरेकी तिमि अपरिचित |
म पनि कथा बोक्ने मार्ग हुँ,
तिमि एक यात्री मात्र, आउने जाने अपरिचित |
-विवेक अरुण्य काफ्ले
