Site icon Rising Junkiri

आक्राेश

अाक्रोस

अपराध लुकाउन खोज्ने
नकचरा हरूलार्इ
माझि अाैंलाको ठाडो सलाम
भन्न पनि मलार्इ
डर लागेन
चोर डाँकाहरू
तिमारका छोराहरू लार्इ
कसैले सल्काउनु पर्छ

तिमारका छोरीहरू लार्इ
कसैले कालको मुखमा
पल्काउनु पर्छ
अनि बुझ्ने छाैं
पुत्र बियोग र पुत्री बियोग ।

अंह् अंह् अंह्
माफ गर्नुहोला
म धेरै बढी बोले छु
बाँठो भएछु
भावनामा बगेर
अाबेगमा डुबे छुँ
म त्यसस्तो कु. हैन
मेरो तेस्तो चाहना पनि छैन
र नहोस पनि
तर
यि त बस पिडितका
भावनाहरू हुन्
तपार्इ हरू त महान
देशलार्इ सेवा दिने?
अनि तेही देशका
जन्तालार्इ दिनु पर्ने
मेवा छिन्ने?
मुर्दार हरू?
लाज नपचेका नकचराहरू
खबर्दार, साबधान्
अब जहिले दबिने
अावाजहरू बुल्न्द हुँदैछन् ।

अाकास कि पाताल?
कुन ठाँउ जाउ
धर्ति लगायत
हरेक ठाउँ बेहाल्
तागत हुनेलार्इ
सबथोक को मिलन
हुँदै नहुनेलार्इ
रंङ्ग हिन छ के हाल् ।

मुर्दार हरू
सबैलार्इ ज्यानकै खाँचो छ
कसैले अास्वासन दिन्छ
कसैले अस्रुको फुर्कि
हुन त
१० बर्ष देखि गोली
चलाउने हातहरू बाँझो थियो
कैलाली पछि
महेन्द्रनगरमा रातो र तातो छ, अहिले ।

कुराैटे सरकार म भन्छु
सुन्
चुट्किलाको हैन
न्याय दिने हातहरूको खाँचो छ
लुकाउने, छुपाउने हैन
सत्यलार्इ साँथ र
असत्यलार्इ लात दिने
खुट्टाहरू बाँझो छ ।

सक्छ भने न्याय दिलाउ
सरकार
गल्ति गर्नेलाइ
कालकोठरिमा ठेलाउ
सरकार
देशका कर्मचारी हरूलाइ
राम्रो काम गर्न पेलाउ
सरकार
धनि गरिब र निमुखालार्इ
एकै किसिमको सेवा
दिलाउ सरकार
सक्दैनस भने
भो हल्ला नगर
नगर, नगरमा भाषण नगर
खुट्टा पाउजु लगा
अनि मुजरा देखा
बस्

Exit mobile version