Site icon Rising Junkiri

आखिर प्रेम नेपाली कविता

love is love

याे कविता त हैन हाेला तर मैले याे कविता जस्तै लेख लाइ लेख्नकाे लागी कुनै एउटा फेसबुककाे स्टाटसकाे मदत लिएकाे थिए मन परेछ भने कमेन्ट गर्नु हाेला ।

आखिर प्रेम

आखिर प्रेम मिलन हो
होला
तर कस्को
साँचोको?
अश्तित्वको?
भावनाको?
भक्तीको?
शक्तिको?
के को?
आत्माहरु भन्नुहोला
आत्माहरुको कुरा बुझ्न
कुनै अर्को लेखमा ।
मान्नुस
प्रेम समर्पण हो
प्रेम आवश्यकता  हो
प्रेम चाहना हो
प्रेम एक भावना हो
प्रेम एक कल्पना हो
तर 
ज्ञात रहोस
माथिका सबैकुराहरुको समय हुन्छ
तेश्तै प्रेम पनि हो
समय समय मा उदाँउछ
बेला बखत नै अस्ताउँछ
कसरी
समर्पण परिवर्तन हुनसक्छ
आवश्यकता परिवर्तन हुनसक्छ
चाहना परिवर्तनसिल छ
भावना फरक फरक छ र यो पनि परिवर्तनसिल छ
कल्पना त ब्रह्माण्ड हो यस्कोबारेमा बुझ्नै सकिन्न भने
अरुको प्रेमको कल्पनालाइ के नियाल्न सकिएला ।
त्यसैले प्रेम एक चाहना हो
सदाबहार नहोला
तर अस्तब्यस्त पनि नहोला
एक हुँदा अर्कोको अस्तित्व
थाहा नहोला तर इच्छा पक्कै होला
यदि समय र प्रेमको साधनामा दुवै
प्रेमिल हुनु भयो भने दुइबाहेक
अरुको आवश्यकता पनि नहोला
एक अर्काको भावनाको
गहिरत्वमा पुग्नुभायोभने
रक्सि गाँजा के हो र
अन्नतमा पुग्नुहोला
लाग्छ यहि प्रेम हो
तर थाहा भएन ।

Exit mobile version