Site icon Rising Junkiri

आज एउटा समाचार छ , बलात्कार !

rape victims, बलात्कार

Photo: LawRato

ए दानब
तेरा कान कहाँछन्?
अझै पुगेको छैन तलाई
कलिलो  मासुको भोकले
अझै भिजेको छैन तेरो आाँत
तैले फुटाएको मुलले
अझै भरिएको छैन तेरो हात
तैले थिचेका
शिशुका  बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाका
साशहरुले
ए दानब
तँ  अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके
सुन्न! आज एउटा समाचार छ , बलात्कार ।

तँ  भुलबस पनि  यो नसोच कि
तँ  लुक्दै छस्
तँ  खेल खेल्दै छस्
बोल्! के को ?
शक्तिको  कि  पैसाको ?
न्यायको कि  अन्यायको ?
हारको कि  जितको ?
सत्यको कि  असत्यको ?
थुक्क  ! धिक्कार  छ तलाई
तेरो अङ्गलाई
तेरो आत्मालाई
तेरो जन्मलाई
ए दानब
तँ  अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके
आज एउटा समाचार छ , बलात्कार ।

होसियार  !
होसियार  !
सरकार तेरा बलात्कारी लुकाउने गुफाहरु
अब एक- एक निर्दोष बलात्कृत आत्माको झिल्को ढडेलो भाईसक्यो
अब भात्भती पोल्ने छ तलाई
अनि  छट्पटाउने छस् तँ
अब त्यही आगोबाट निस्केका  प्रश्नका ज्वालाले तेरो बलात्कार गर्नेछ
चोक चोकमा गल्ली गल्लीमा गाउ शहर सडकमा
गर्जनेछन् चम्कनेछन्
तेरो कालरात्रीको पर्खाइमा
तैले नै फुटाएका ति  मुलहरु आशुँका  झोलिहरु
काली बनेर
तेरो बली चढाउन
ए दानब
तँ अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके
आज एउटा समाचार छ , बलात्कार ।

[स्वर्गबाट…. ]

आमा
मलाई माफ गरिदेउ  ।
तिम्रा  आशुँका ऋण कुनै अर्को जन्ममा तिर्नेछु ।
तर अब आमा,
तिमी अरु सयौँ आमाका छोरीहरुलाई ऋणको भोगी हुन नदिनु ।

आमा
अब तिमी  एक्लै छैनौ ।
तिमी सँग अब करोड आवाज छन्
जुन आवाजले ति दानबका कानका जाली मात्र हैन
तेस्का हरेक अङ्ग-अङ्ग लाई बिस्फोट गराउने छन् ।

आमा
लाड्नु आमा तिमी
जबसम्म
मलाई लडाउनेहारु लड्दैनन्
मलाई लडाउनेहारु लड्दैनन् ।

रन्जन पौडेल

Exit mobile version