आज फेरी मन रोयो!
मनमा धेरै किसिमको प्रश्नहरु खेलिरहेका थिए। म आफ्नो फिल्डको काम सकेर होस्टेल तर्फ जादै थिंए। मनमा बारम्बार एक बालकको आवाज गुञ्जिरहेको थियो। समाजसेवी भएर अरुको दुख पिडाको निम्ति काम गर्नुमा बेग्लै गर्व लाग्थ्यो।तर आजको दिन मन खुशी थिएन। आहिले आफ्नो फिल्ड वोर्कको लागि म नयाँ दिल्ली स्थित एक नशा मुक्त केन्द्रमा आबद्द छु। त्यसै क्रममा केन्द्रमा रहेका बालकहरुको केस फाइल बनाउने, काउनसेलिङ गर्ने, कोर्टबाट आएको अडर र कानुनी प्रक्रिया बुझने मेरो कार्य रहेको छ।
काउनसेलिङकै क्रममा आज म एउटा नयाँ बालकसंग कुरा गर्न पुगे। कोठाको एउटा कुनामा बसेर टोलाईरहेको सानो बालक देख्दा मन भारि भयो। ऊ त्यहाँ रहेका अरु बालकहरु मध्ये सानो थियो करिब ८ वर्षको। म उसको नजिक गए र उसको सामु बसें। अरु बच्चालेझैं उसले मलाई नमस्ते मिस भन्यो तर सानो स्वरमा। ती कलिला दुइ हात म सामु जोडेको देख्दा आँखा भरियो।
मैले नमस्ते फर्काए र “यहाँ क्युं अकेले बेठे हो” भनेर सोधें। उसले टाउको मात्र हल्लाई जवाफ दियो। मैले केहि बेर मा उसको फाइल लिएर काउनसेलिङ निमित्त उसलाई अर्को कोठामा लगे। “बेटा आप कहाँ रेहते हो?” भनेर पहिलो प्रश्न गरे उसले “म नेपालसे हुँ” भन्यो। यो सुन्ने बित्तिकै मेरो मन चिसो भयो। येति सानो बालक नशा गरि येसरी दिल्लीको केन्द्रमा भेटिदा कस्तो मजबुरी कस्तो अफ्ट्यारो कस्तो नरमाइलो मेरो मन खिन्न भयो ।
मैले उसलाई म पनि नेपालबाट हो भन्नेबित्तिकै उ मुसुक्क हाँस्यो। त्यो हाँसो मानौ मैले अहिले सम्मकै देखेको प्रिय हाँसो थियो। अब उ संग कुरा गर्न मलाई सजिलो भएको थियो आफ्नै भाषामा। मैले उसको घर, आमा, बुवा, उसले गरेको नशा, नशा गर्नुको कारण सबै सोधें। येति सानो उमेर मै सबै किसिमको नशा गरिसकेको भन्दा मेरो शरीर सिरिंग भयो। उसले दिएको कारण सुन्दा त झन् आफु असहाये महसुश भयो। बुवाको कामको लागि यहाँ आएको र पैसा कमाऊनका लागि आफुपनि कबाडा बिन्ने गरेको अनि घरमा खानलाई केहि नहुने भएर साथीहरुले सुलोचन सुँघ्न सिकाएर एसरी भोक मार्ने कारण बताए। एस्ता किसिमका बाध्यताहरु सुन्दा जीवनमा गर्न धेरै बाकिछ महसुस हुने रहेछ।
इन्डियन नार्कोटिक्स ड्रग कन्ट्रोल ब्यूरोअनुसार नेपालबाट दैनिक ५० भन्दा बढी बेशाहारा बालबालिकाहरु दिल्लीमा भेटिन्छन् जो ठुलो संख्यामा नशामा आबद्द छन्। गरिबीको कारणले गर्दा आफ्नो देश छोडी अर्को ठाउँ आएर काम गर्न बाध्य बाबुको गल्ति मानौ या भोक मार्नका निम्ति नशा गरेको त्यो कलिलो बालकको।आखिर आफ्ना बुवा आमा संग काखमा बस्ने र स्कूल जाने रहर त उसमा पनि हुदोंहो। छोरालाई पढ्न पठाउने रहर बाबुलाइ पनि थियो होला तर गरिबीले उनि पनि बाध्य थिए।
त्यो बालक को आँखामा मैले सपना देखें जब उसले भन्यो नशा छोडी मलाई ठुलो मान्छे बन्नु छ, पढ्नु छ अनि तपाइलाई घर बोलाएर रोटि बनाएर खुवाउछु। येति सानो मान्छेको कति मिठो सपना!
तिन महिने उपचार सकेर केन्द्रबाट निस्किएपछि मैले सकेजति प्रयास गरेर यो बाबुलाई पढ्ने बेवस्था मिलाउने जिम्मेवारी लिएकीछु। काम सजिलो पक्कै छैन तर यो गर्न सके एक बालकले जीवन पाउथ्यो र मेरो पेशाले पहिचान।