Site icon Rising Junkiri

ए मेरो सरकार !

देश देश भनी देशलाई डुबायौ तिमीले
जनता जनता भनी जनतालाई रुवायौ तिमीले
कति छर्छौ धुलो जनताको आखाँमा
गित गाउछौ तिमी भ्रष्टाचारको भाकामा ।

स्वाभिमानी थिए नेपाली हु भनेर
निर्मलाको न्यायमा बस्दैछु दिन गनेर
झुक्याउने जनतालाई बन्यो तिम्रो बानी
देश हाम्रो बन्यो अपराध को खानी ।

जनताको न माग बुज्यौ न त बुज्यौ दुख
सोच तिम्रो यति भ्रष्टाचारमा सुख
जात भन्दा माथि उठ मानवता हेर
अपराधी यसै छुट्ने कानुन तिम्रो फेर ।

न्याय हाम्रो साथी बनोस्
कानुन हाम्रो संगी
नेपाल बनाउ जनताको
होस् एक बगैचा फुल सयौं रंगी ।

Exit mobile version