Site icon Rising Junkiri

कविताः मेरो रहर

नशालु त्यो हेराई तिम्रो,  मादक रात

छिन् छिन् चुरा बजाउदै जीबन ज्योति कात।

हिजो मात्रै दिएके छु, गाजल, चुरा- टीका,

रातो सिन्दुर माया पूर्वक,  तिमी सजाऊ माथ।

टुन्न नदेऊ डोरी , युगौ टिक्ने मायाको,

रुन्छ आत्मा दुबैको  बिछोडमा यो साथ।

तिमी पुर्ब पश्चिममा,  रमाउन लागे,

न्याय हुन्न दुबैलाई हात लाग्छ घात।

यो जीबनको  चौतारीमा, बिसाऊ तिम्रो भारी

तोड बन्धन झन्झटको  समाई कोमल हात।

रहर गर तिमी मात्र, गरूला ति पुरा

भयपनि बसन्तमा , हिम उल्कापात।

नशालु त्यो हेराई तिम्रो, मादक रात

छिन् छिन् चुरा बजाउदै जिबन ज्योति कात।

(लेखक टेफ दक्षिण अस्ट्रेलियामा प्रध्यापनरत हुनुहुन्छ ।)

Exit mobile version