Site icon Rising Junkiri

कविताः मेरो रहर

नशालु त्यो हेराई तिम्रो,  मादक छ रात

छिन् छिन् चुरा बजाउदै जीबन ज्योति कात।

हिजो मात्रै दिएके छु, गाजल, चुरा- टीका,

रातो सिन्दुर माया पूर्वक,  तिमी सजाऊ माथ।

टुन्न नदेऊ डोरी , युगौ टिक्ने मायाको,

रुन्छ आत्मा दुबैको  बिछोडमा यो साथ।

तिमी पुर्ब म पश्चिममा,  रमाउन लागे,

न्याय हुन्न दुबैलाई हात लाग्छ घात।

यो जीबनको  चौतारीमा, बिसाऊ तिम्रो भारी

तोड बन्धन झन्झटको  समाई कोमल हात।

रहर गर तिमी मात्र, म गरूला ति पुरा

भयपनि बसन्तमा , हिम उल्कापात।

नशालु त्यो हेराई तिम्रो, मादक छ रात

छिन् छिन् चुरा बजाउदै जिबन ज्योति कात।

(लेखक टेफ दक्षिण अस्ट्रेलियामा प्रध्यापनरत हुनुहुन्छ ।)

Exit mobile version