Site icon Rising Junkiri

जिन्दगानी

नमिठा बोलीमात्रै अचेल सुन्छनी जिन्दगानी
न मल्हम न पट्टी साथमा रुन्छनी जिन्दगानी

न मिल्छ देखाउन न निको हुन्छ देखाउँदा
आँसुले नै मनको घाउ धुन्छनी जिन्दगानी

पिडा सुनाई तिमीलाई दुखी नबनाउँ लाग्छ अचेल
तिम्रै विश्वास भरोसामा आशाहरु बुन्छनी जिन्दगानी

नबोलेरै बोलिएका प्यार नसुनेरै सुनिदिए
अझै मिठास पूर्ण हुन्छनी जिन्दगानी

Exit mobile version