Site icon Rising Junkiri

तिमी र हिउॅं

निरन्तर परिरहेछ हिउॅं

कपासको भुवासरी

र

चुम्दछ मेरा ओठहरू।

शितल, कोमल

तिम्रो माया जस्तै,

फरक यत्तीकि

हिउॅं बिस्तारै जम्दछ

तिमी बिस्तारै पग्लिन्छौ।

भिरालोबाट  चिप्लदा लाग्छ

म तिम्रै बक्षस्थलमा

चिप्लिरहेछु तिम्रा हात समाई,

नछोड किनकी

यस खेलमा विजयी बनाउने

तिम्रै हातहरु हुन्।

म चहान्छु हिउॅं नजमोस्

तर

नजमेको हिउॅंमा चिप्लेटी खेल खेल्न मिल्दैन,

त्यसैले हिउॅं झर्छ, जम्छ र पग्लन्छ

तपक्रमसॅंगै

उस्तैगरी तिमी मेरो समिपमा रहेझैं।

Exit mobile version