Site icon Rising Junkiri

नयाँ कथा – नेपाली कविता

nepali poem

आज एउटा नयाँ कथाको आगाज हुन्छ जहाँ हरेकका नसा नसा हरुमा सिर्फ वहाँनै हुनु हुन्छ । अब मलाइ लाग्छ तपाइहरुले आगाज शब्द प्रयोग गरिस साह्रै खल्लो लाग्यो भन्नुहुन्छ । त्यसैको प्रती उत्तर म भन्ने छु भावनाहरुले उकुस मुकुस पारी रहँदा र कुनै लेखनमा शब्दहरुको चयन गर्दा कुनै प्रतिबन्ध लगाइएको छैन ।

अहो

यहाँ यो जिवन
कस्तो यो सस्तो

अच्युतनै सोच्छन

मै हुँ पालनहार
अहो

के हो यो मेरो
लिला यस्तो ।

वाह्

कहिले काँही सोच्छु मनको यो गुञ्जायमान ध्वनीलाइ आज प्रविधीका पानामा कोरीरहँदा जीवनमा प्रकाशको कमि भएकै हो? हँ भएकै होला र यो मनसँगै भावनाहरुसँग लडिरहदा के जीवनमा आभाषको कमि भएको होला र?

ल फेरी सुनौ है

उहाँ हर कारणमा

हुनु हुन्छ

अव्यवस्थीत रँग ढँग भावना

हर एक कण क्षणमा हुनु हुन्छ

कृतज्ञता मान्नुस

यो जिवनको

पाउनु भयो

वहाँ

यो जिवनको

अन्त पछिको

अपरिचित व्यवस्थामा पनि हुनु हुन्छ ।

कहिले काँहि सोच्दै बसौँ भने पागलै भइएला जस्तो लाग्छऽ माथि निलो आकाशमा हेर्छु झट्ट याद आउँछ उ उत्यो परको डाँडामा पुगेभने छोइएला है?

राति कालो आकामा चम्किरहेका ताराहरुलाइ नियाल्छु भावनाहरु सँगै पग्लिन्छु आँखा चिम्म गरे भने सुमधुर मनमोहक बासुरीको धुनले यो जिवनलाइ छोए जस्तो लाग्छ । म आफैसँग बात गर्दै छुऽ म मनको मात साँगै जिवन बुझन खोज्दै छू ।

किन यो सब? ल फेरि सुनौँन त त्यसो भए

आज कृष्ण पनि

धुनमा हुनु हुन्छ

ब्रमाहण्ड रुपी

वृन्दावन पुरै बासुरीको धुन सँगै

गुञ्जायमान छ

प्रेमको ध्वनी

सदभावको ध्वनी

सत्यताको ध्वनी

हावाको बेग जस्तै बगेर

युगौँ युगसम्म

हरेक तत्व

सजिव निर्जिव

जन्म मृत्यु

सबैलाइ आँगाली रहन्छ ।

 

Thank you so much, please check and let me know your feedback.

Exit mobile version