आज पनि याद छ मलाई मेरो जीवनको एउटा अबिस्मरनिये समय उनि र उनको साथै खुसिको आगमन भएको त्यो दिन। सोचेको थिए संसारको सारा खुसि मेरो झोलीमा भित्राए जब उनिको एक झझल्को पाए। कति हतास थियो मेरो मुटुको धड्कनलाई कति हतार थियो मेरो आँखाको नयनलाई उनको रुपरंगको चित्र आफ्नो मनमस्तिक्षमा कोर्नको लागि। मुटुको एउटा कुनामा उसले मलाई नाचिने हो कि भनेर डर थियो र अर्को कुनामा उनिसंग हुने पहिलो भेट भन्दै खुसिको काउकुती। एस्तो भिन्न भावना त माया हैन र ? साएद माया भनेको नै एस्तो रहेछ उनको एक झझल्को पाउन मा कति तद्पिरएको थिए।
हर्ष र प्रफुलित मा उनको बारेमा सोच्दा सोच्दै येति दुबिसकेछु कि मलाई उनि मेरो अगाडी उभिएको थाहा नै भएन त्यो फुल्बुत्ते कालो त्शिर्ट र निलो जेंसमा सझिएको उनि देख्दा म धेरै अस्चार्यचकित भए , बाटुलो अनुहारमा त्यो सानो आँखाको गहिरही समुन्द्र भन्दा पनि गहिरो थियो। लाम्चो नाक र गालामा हल्का लाली भएको उनि म बाट आँखा छल्दै लाज मानिरहेको थिन, कपाल खुल्ला छोडेर मुसुका हास्दै गरेको उनि मानौ कुनै चलचित्रको अभिनत्री भन्दा कम थिन। सौन्दरिताले भरिएको उनि मेरो कल्पनाको चित्र भन्दा अझै राम्री रहेछिन। आफ्नो लामो केशलाई मिलाउदै म छेउ बस्दा मेरो सरिर नै सिरिङ्ग भयो जब उनको मुख बाट पहिलो चोटी आफ्नो नाम सुनी मेरो आँखा रसायो। कति मीठो बोलि उसको मेरो कान पबित्र भयो। हिमाल झैँ सेतो उसको मिलेको दात ले हास्दा बोलि सुन्दा उनको हासो देख्दा देख्दै मुटुको खाली कोठामा उनको बास भैसकेको रहेछ। आज उनले छोडेको र उनलाई नदेखको ३ वर्षा भएछ ता पनि उनको आवाज यो कानमा गुन्जिरहंछा उनको अनुहार आँखामा बसिरहंछा र उनको मायाको लागि यो मुटु धड्किरहंछा।