Site icon Rising Junkiri

पापी आँखा र नारी

पापी आँखा र नारी

कोरि बाटि चट्ट परि हिडेको म पढ्न,
बाटो जाँदा आइ भन्यो मेरो प्रस्ताव सुइकार गर्न,

नाइ भनी हिडे, गए म कलेज तिर,
साथी सँग फर्कदै थिए, जब भन्यो ओइ एता हेर्न।

नसुने जसरी हिडे म, जब सोधी साथीले को हो भन्न
भने मैले सबै कुरा, अब यो छोड्न।

चल्दै गयो यसरीनै, बढ्यो उसको हर्कत
भन्न पनि कसरी भन्नु, भन्छन् सब हो तेरो नाटक।

एक चट्कन हान्दे मैले, सहन नसकि उसलाई
उसको साथी हाँस्न थाले, घेरेछ रिसले उसको मनलाई।

फर्कदै थिए ऐक्लै, जब आयो ऊ मोटरमा
जल्न थाल्यो जिउँ मेरो, तेजाब रहेछ बोटलमा।

उठि एता उता हेरे, रहेछु म नैलो ठाउँमा
डाक्टर नर्स आए दौडेर, रहेछु म अस्पतालमा।

भयो चर्चा सबैतिर, थाहा भयो सबैलाई
फालिएको रहेछ तेजाप, फेरि अर्को केटीलाई।

कानुन को के कुरा गर्नु दुई लाख मलाई, दस बर्षे सजा उसलाई
मेरो त के कुरा, नछ्याप्ला उसले दस बर्षपछि अरूलाई?

हिम्मत गरि उठे म फेरि , कोरी बाकी बचेका कपाल
हिँड्ने छु आवाज उठाई, अब नहोस कोही सिकार।

Exit mobile version