Site icon Rising Junkiri

भेडे जात्रा

भेडे जात्रा

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ
सिगन्लमा रातो बलि राखेको हुन्छ
बाटो काट्ने हरूको हतार हुन्छ ।

रक्सिको मात हुन्छ
लठ्ठिनेहरूको लाम हुन्छ
रातो पानिनै मेरी नानी सम्झिनेहरूको
बिहान घरमा र बेलुका भड्डिमा अाहार हुन्छ ।

देशले देवानी मुलुकी एेन निकाल्छ
जहाँ
फेसबुकमा ट्रोल गर्ने लार्इ
जेल चलान हुन्छ ।

डन हरूको सम्मान हुन्छ
पिडितहरूको अपमान
र पिडकहरूको जय जयकार, सरकार हुन्छ ।

मेरो मुलुकमा घण्टाैं ट्राफिक जाम हुन्छ
राता रात सडकहरू कालो पथ्रे गरिन्छ
यो सबै VIP अाँउदा कमाल हुन्छ ।

खास कुरा,
सिधा कुरा जनता संग
जन्ताहरूका लागी बबाल हुन्छ
बिचाैलियाहरूका लागी
खडेरी र हाहाकार हुन्छ ।
बाँकि रह्यो छड्के
छड्केमा कर्मचारीहरूको कालो कर्तुत
बाख्राहरूझै हलाल हुन्छ ।

रूटिन अफ नेपाल बन्ट, ट्रोल नेपाल, मिम नेपालहरू
समाचार संप्रषण गर्न थाल्या?
कहिले काँही त ट्रोलहरूनी बवाल हुन्छ ।

चाैकिमा रिपोर्ट दर्ता हुन्छ
मिती …. मा …. की छोरी
हरार्इन्!
खोजी, भन्दा उल्टा प्रश्न र
सवाल हुन्छ
ब्वार्इ फ्रेन्ड् संग भागि होली
हाम्ले किन खोज्नु्
यहीहो सान्तवना? यहि जवाफ हुन्छ ।

बलत्कारीहरू उम्कनछन जहाँ
त्यही हो, देश नेपाल!
जहाँ पैसा हुनेलार्इ
हार्इ हार्इ र नहुनेलार्इ
हुन्छ हुन्छ भन्ने समाधान हुन्छ ।

यो मेरो देशमा के के हो के के
छेउ देखि टुप्पो सम्म सबै कमाल हुन्छ ।

Also Read: Psychoम दरबार स्क्वायर!हो म तेहि कुकुर!शहर कुरूप कि, मान्छे कुरूप?मृत्यु पछिकाे संवाद

Exit mobile version