मनको कथा
– उत्सुक उप्रेती
मनको मन्दिर मनैमा ढल्छ, मनैमा निस्कने आँधीले
मनको ईश्वर मनैमा मर्छ, मनैमा कराउने अपराधीले
मनको मोह मनैमा जल्छ, मनैमा घृणाको तापले
मनको शान्ति मनैमा बिलाउछ, मनैमा द्वन्द्वको छापले ।।
मनमा माया, मनमा दया, मनैमा हर्षको बग्दो धारा
मनमा घृणा, मनमा दुख, मनैले जलाउछ शरीर सारा
मनमा बास हजारौको यहाँ, हजारौ मनका मागहरू
मनमा घाउ हजारौको यहाँ, हजारौ मनमा दागहरु
मनहरु यहाँ नासिए यदी, मलामी यसको नयनहरुमा
मनको यो जिवन अनौठो, वास्तविक जन्म यसको मरणहरुमा ।।