Site icon Rising Junkiri

यस्तै छ शहरमा |

यस्तै छ शहरमा | Nepalese Poetry

जब म हिँड्छु
यो सडक किनार
सबै भन्छन्
यो धुलो कति

तर म भन्छु
धुलो कम्
छ ज्यादा कथा
त कोइ भन्छन् अमृत
त कोइ भन्छन जहर
छ बेसी शहरमा

हुँदै छ भिड
यो साँझपख
भट्टीमै गर्लम्म
कोइ फुलको धुँवा
तान्नमै मस्त
कोइ लोकल तनक्क
जती नै कडा
भयो यो नशा
भुलाउने पिडा
संसारै सर्लक्क

तर म भन्छु
धुलो कम्
छ ज्यादा कथा
त कोइ भन्छन् अमृत
त कोइ भन्छन जहर
छ बेसी शहरमा

साथी के भन्नु
हालखबर के छ
चल्दै छ यै तालमा
चिन्नु न जान्नु
आँखा के तर्नु
बँगैचा फुल
घट्दैछ शहरमा

तर म भन्छु
धुलो कम्
छ ज्यादा कथा
त कोइ भन्छन् अमृत
त कोइ भन्छन जहर
छ बेसी शहरमा

बास्नाले छाड्यो
हावा र पानी
छाड्यो यो मन पनि
तर छोडेन शहर
जतिनै आँशु
आँखाले पिएनी

तर म भन्छु
धुलो कम्
छ ज्यादा कथा
त कोइ भन्छन् अमृत
त कोइ भन्छन जहर
छ बेसी शहरमा

नदेख्नु सपना
एक्कासी उड्न
खस्ला है आकाश
भर्नु छ जुत्तामा
धैर्यका ति कण
लुट्नु छ साहस
फुट्नु छ ब्यालुन
यो रङ्गी शहरमा

तर म भन्छु
धुलो कम्
छ ज्यादा कथा
त कोइ भन्छन् अमृत
त कोइ भन्छन जहर
छ बेसी शहरमा

रन्जन पौडेल

Exit mobile version