Site icon Rising Junkiri

समयहीन चरम आन्नद

सबै सुख तिमीलाई,

रून नपरोस्  कुनै क्षण,

बाती वनि जलिरहॅु,

तिमी तेल बन्नु दियोको,

मिलोस् प्रकाश तृप्तीको,

लागोस् निरासामा ग्रहण,

ईश्वरको अनुकम्पा रहिरहोस् सधै,

जूनको ज्योति बनोस् मुस्कान हरेक पल,

निन्द्रा मिलोस् हात सिरानी बनी,

जूनकिरीले फिजावोस् हाम्रो मायाको प्रकाश,

निशब्द बनुन् घृर्णाका भावहरू!

भरि भै रहुन् रहरका घडाहरू

रित्याई चहानाका चॅागहरु जरैदेखी,

चरण बनोस् पर्खाल, रोक्ने पीरहरूको पहिरो,

हात बनोस् शितल चौतारी जहॅा गुन गुनुनाउनु गीतहरू,

डगमगाउन ति पाउहरू, ननाघ्नु सिमारेखा बिस्वासको

छुस्स नहोस् कष्ट पिडा पाउमा हिड्दा मेरा गेरेटाहरूमा,

लय समयको रोकियोस् टक्क जब आलिगॅनमा हराउछौ हामी!

 

Exit mobile version