Site icon Rising Junkiri

हामि भित्रको हिरा !!

हामि भित्रको हिरा !

मनमा त्यो एउटा आगो ल्याऊ 

असफलताको पोकोलाई तिमि जलाउ 

तिमि भित्रै छिन् काली,चण्डी,लक्ष्मी र सरस्वति 

सत्य र संघर्ष जहिले हुन्छन एक्लो बृहस्पति 

………………………………………………
न हार तिमि नलेउ असफलताको भार तिमि
संघर्सलाई जारि राक्दै अघि बढ़ तिमि
एकचोटीको प्रयासमा कोहि हुन्नन् सर्वमान्य
गुणलाई अघि बढाऊ दोषलाई फालेर अघि बढ तिमि
…………………………………………………….

यो संसार येस्तै छ हिरालाई कोइला भनि
ढाली दिन्छ तिम्रो मनोबल पनि
देखाईदेउ तिमि यो संसारलाई
कोइलाबाट हिरा बनि,कोइलाबाट हिरा बनि |

Exit mobile version