हेर न आज पनि क्षितिजपारि
सूर्य ढल्की गयो।
निसासिदो अँध्यारोले रातनै छोपिदियो।
अघिसम्म व्युँझिरहेको शहर,
मस्त निन्द्रमा परी
मिठो सपना मा हराइ रह्यो।
सोचेन आजको, के होला भोलि?
दुःखे होला मन। बिझाए होलान् आँखा।
तर जान्दछ यो मन। हरेक बिहानी…
बोकेर आउँदछ एउटा छुट्टै संसार
अनि नयाँ कहानी।
सम्झिदै भोलिको फरक पात्र
हेरेर ऐनामा आँफुलाई
सपनामै मुस्कुराई रह्यो।।
नमराज खरेल