Site icon Rising Junkiri

म नारीवादी होइन, प्रिय/ I am not a feminist.

नारीवादी

म नारीवादी होइन, प्रिय
I am not a feminist.

मेरो भन्नु यत्ति हो —
जब म दिनभरिको कामले गलेर
कार्यालयको कामले थाकेर
घर फर्केर
बिहान आफैंले धोएका लुगा उठाएर
पट्याएर, थन्काएर
तरकारी [किनेर], केलाएर
दाल बसाएर
खाना बनाएर
तिमीलाई खुवाएर
नानीलाई सुताएर
भाँडा मस्काएर
सबैलाई सन्तुष्ट तुल्याएर

जब लेख्न बस्छु
मेरा कल्पनामा पस्छु
मेरो कलम नखोसिदेउ, प्रिय,
मेरो कापी नच्यातिदेउ !
मेरो हात नतानिदेउ
बत्ति ननिभाइदेउ…
मलाई दुखी नबनाइदेउ ।

For I am not a feminist, dearest,
I am just a woman.

Next: Self Love Revolution

Exit mobile version