Poems are a form of art that involves rhythmic language to generate meaning. this poem can generate various feelings based on various factors like time, place, situation, etc. and if you are feeling lovely right now and want to nourish that feeling then here are some Nepali love poems that can generate love in your heart.
1.
आसारको हिलो अनि आलि संग साईनो गासे
दहि चिउराले भरिएको थाली संग साईनो गासे
मत किसान हेतु लिई मानो रोपि मुरी फलाउने
होहो तारे होहो माले फाली संग साईनो गासे
घन्काउदै असारे गित बृन्दा बनको फाटै भरि
नौमती बाजा बजाई ताली संग साईनो गासे
छङछङ बग्ने खोला नाला झमझम बर्खे झरि
छेउ कुना बिराउदै कोदाली संग साईनो गासे
छुपु छुपु रोप्दैमा धान रमाईलो त्यो पल अनि
छ्याप्दै हिलो खेल्दै गर्दा साली संग साईनो गासे
– प्रकाश श्रीस
गुल्मी
2
कसैको चित्त दुखाउनु र समुद्रमा
ढुङ्गा फाल्नु उस्ता उस्तै हुन
थाहाँ हुदैन त्यो चोट
अनि ढुङ्गा कति गहिराई सम्म पुग्छ भनेर ”
त्यसैले सावधान हुन जरुरी छ
अनेथा त्यसको परिणाम अनर्थ हुन्छ !!
– Himani
3
“माया त माया हो
र सधैं तिमीसँगै हुनेछ,
चाहे तिमी रिसाऊ,
नराम्रो व्यवहार देखाऊ,
चूप बस,
इर्ष्याले जलाऊ या मलाई भुलि जाऊ
माया त माया हो..”
-Sabeena