Site icon Rising Junkiri

Nepali Poem डिजिटल प्रेम

डिजिटल प्रेम

उनको भिडीयोमा हिडाईको मादकता

मात्र कि उनलाई थाहा

कि नरेन्द्रलाई।

आफ्नै मादकतामा लठ्ठ पर्ने

नैना भाउजु मनोचिकित्सा बाट ग्रसित छिन्

भने

नरेन्द्र, भाउजु बाट

भाउजुको मादले नरेन्द्र लठ्ठ

भाउजु आफ्नै मादले मत्ता अनुरागी ढोई जस्तै।

झ्यालमा बसेर ऐना हेर्दा

भाउजुले नरेन्द्रलाई देख्छिन,

अॅाखा बन्दगर्दा नरेन्द्रले भाउजुलाई!

उनि गॅाउकी भाउजुहुन्

तर

नरेन्द्रकी अलि बढी,

अलि नजिक

अलि खास श्वास।

नरेन्द्र भाउजुलाई हेर्दा काप्छ

भाउजु नरेन्द्रलाई हेर्दा,

दुबैलाई दुबै मन पर्छ

दुबैलाई दुबै चाहिन्छ

तर

फेसबुक बाहेक अन्त भेट्दैनन्।

भाउजुले तस्बिर राख्छिन

नरेन्द्र लभ रियाक्ट गर्छ,

नरेन्द्र मुक्तक लेख्छ तस्विरहेरी

भाउजु लाईक ठोक्छिन।

बैसालु भाउजुका

नशालु ॲाखाको

एकोहोरो हेराईले

नरेन्द्रको मुटुमा खिल गढेको ,

भद्र नरेन्द्रसॅगको

अभद्र कल्पनामा

भाउजुको दिल गढेको छ।

अफसोच,

यत्तिमा सिमित दुबैको भर्चुअल दैनिकी

भाउजु नरेन्द्र बास्तविक प्रेम गरिरहन्छन्

अबास्तविक तवरले।

Exit mobile version