Site icon Rising Junkiri

तिम्रो सुन्दरतमा मेरा शब्दहरू

तिम्रो सुन्दरतमा मेरा शब्दहरू 🙂
केही भन्न मन थियो तिमीलाई
तर भन्न मैले सकिन
शायद कम्जोरी पनि मेरो नै थियो होला
तिमीलाई आफ्नो नजिक बनाउन सकिन
जब पहिलोचोटि देखे तिमीलाई मैले
शब्दहिन भएका थिए मेरा ति ओठ्हरु
गाजलले ढाकीरहेर चम्कीरहने तिम्रा ति आँखाहरु
तिमी मुस्कुराउने बेलामा सूर्यको प्रकाश भन्दा बडि चम्कँने ति तिम्रा मुहारका कदहरू
सधैं तिमीले केही भन्नखोज्दा साथ दिने तिम्रा ति ओठ्हरु
सधैं तिमी मौन भएर बस्न खोज्दा आफ्नो चन्चलेपन देखाउने ति तिम्रा परेलिहरु
साच्चै लठ्ठ् बनाइरहेछन् मेरो यो तन् र मनलाई
साच्चै लाचार बनाइरहेछन् मेरो यो धड्कनलाई||
तिम्रो सुन्दरतमा लठ्ठ् परेको म
तेसैले समय बितेको पत्ततै पाईन
दिनँमा चार-पाच् पटक हेर्थे होला तिमीलाई
आँखा छडके -छडके पारेर
तर कहीलल्येई भन्न सकिन कि म तिमीलाई कति माया गर्छु भनेर
लेख्दालेखदैइ पानाहरु पनि धेरै भरिसककेछन्
तर सबै पानामा तिम्रो सुन्दरतामा मात्र समेटियेका रहेछन्
गाजलु ति तिम्रा आँखाले मेरा सबै शब्द लठ्ठ् पारीदीएका रहेछन्
पत्ततै पाईन मैले तिम्रो सुन्दरता तिम्रो अनुहारमा भन्दा बडि मेरो शब्दहरूमा चम्किरहेका रहेछन्
मेरो अक्क्षर् श्रृंगार बिहिन भये पनि
मेरा शब्दहरू चाही श्रृंगारर्यीका रहेछन्
तिम्रो त्यो सुन्दर् मुहारमा मुस्कान कमै देखीएे पनि
मेरो शब्दहरूमा भने तिम्रो मुस्कान सधै अमर रहनेछन् |||

–प्रजोल कुंवर

Exit mobile version