Site icon Rising Junkiri

जे हाेस् जिन्दगी चल्दैछ

जे हाेस् जिन्दगी चल्दैछ,
घरि धक्का लाउंदै घरि बेजाेड रफ्तारमा
थकाई माराैं झै लाग्दैछ,
तर राेकिन पाईयाे र?अाधा बाटाेकाे अन्तरमा

जे हाेस् जिन्दगी चल्दैछ
घरि अाशुमा,घरि हासाेमा
तिमीले,मैले साेचेजस्तै त कहाँ र?
अग्राख छिचाेल्दै गन्तव्य पुग्ने अाशमा

Exit mobile version