Site icon Rising Junkiri

कठपुतली-जो चल्दै छे आर्कैले चालेको चाल्मा |

कठपुतली

कठपुतली

कठपुतली

आमा, त्यो छैँटिको दिन के लेखाएउ मेरो निधारमा ?

आज यती कुरा भोगिरहेछु मैले,

अरुको कुरा त  छोड्देउ,

जसलाई पूजा गर्छेउ सधैं तिमीले, मेरो भाग्य बिगार्यो त्एसैले |

 

के तिमीले मलाई यती कम्जोर ठानेकी थियौ? 

आफ्नो भाग्य आँफै कोर्न नसक्ने,

साना थिए होला मेरा हात,

तर के ती साँच्चै असक्ष्यम थिए ?

 

आज आँफैलाई नियालेर हेर्दा,

 म त एक कठपुतली पो भैरहेकिरहेछु,

जो चल्दै छे आर्कैले चालेको चाल्मा,

अनी भोगिरहिछे सारा दु:ख जुन मेरो भाग्यमै लेखिएको थियो।  

 

Exit mobile version