उमेर ले त भर्खर २२ बर्ष लागे,
आधा जीवन नि बितेको छैन,
तर लाग्छ सारा संसार देखी सके.
पुग्न त धेरै टाढा छ तर बिच बाटो मै थाकी सके,
तेसैले बिस्तारै पैला सार्दै छु,
जित्नु त मन छ यो सारा संसार लाई नै,
तर हरेक कोशीस मा हार्दै छु,
सपना त चन्द्र छुन मन छ ,
तर आफ्नो सपना हरु आँफै मार्दै छु,
भन्छन अन्तिम मा आफ्नो लागि आँफै हुन्छन भनेर,
तर यहाँ त आफु ले आफु लाई नै गाद्दै छु।
कहिले काही त लाग्छ यो जीवन नै त्यागिदिम,
यो जीवन लाई एउटा बोरा मा बाधेर कतै खोला मा लगेर फ्याकिदिम,
यो जीवन को घाती नै न्यकिदिम।
तर फेरी एस्तो सोच आउछ दिमाग मा,
जीवन त यस्तै हो सुख दु:ख भैइ हाल्छ,
मन जती नै कमलो भये पनि यो सबै सहि जान्छ,
घाऊ त निको हुन्छ तर तेस्को दाग चाँही रही जान्छ।
जीवन त सजिलो नै थियो ,आफ्नो सपना पुरा गर्ने क्रम मा आँफै गाह्रो बनाइएछ,
जीवन त साधा नै थियो, तर थाहा न पाइ आँफै रङ्गाइएछ।
जीवन लाई जती गाली गरे पनि मर्न चै न सकिने रैछ,
तेइ मृत्यु को दरले गर्दा नै बाँच्न गाह्रो भएको रैछ।
शायद जीवन भनेको हारेर जित्न कै लागि होला,
जती सुकै गहिरो किन न होस्,आखिर मा तर्नै पर्ने रैछ यो जीवन को खोला,
यदी तैरिने क्रम मा दुबेछु भने न सोच्नुस् कि हारेर गए,
मात्रै एती सोच्नुस् कि यो जीवन को लडाईं मा म शाहीद मरेर गये।
Leave a Reply
You must be logged in to post a comment.