जीवनको विच बाट……
4272020
Kathmandu Cafe©
यो जीन्दगी र जिम्मेवारीको विच बाट
हराएका दिन र रात को उधारो
फैसला मन्जुरीनामाको खाता भित्र
किश्ता किश्तामा तिर्नेछु ब्याज सँगै
च्यात्नेछू ति हिशाब भित्रका गणितका शुत्र।
त्यो खास दिनमा
यादको भकारि बाट
प्रेमको सुन्दर कठपुतली बनेर
अस्ताउछु पस्चिमको सुर्य सँग
जलाउन त्यो च्यातिएको पाना हिशाब का।
पाशा पल्टाएर शकुनीको चालमा
कालो अक्षर ईतिहासको नाम मा
त्यो उत्तर के कठिन थियो र ?
प्रश्न कागजको एक कुनामा
हिशाब किताबको पाना भित्र।
नियत र नियम को फौशलामा
भित्र र बाहिर भिन्नै नशा
कुन सिमा बाट अलग भएको सपना
कुन दुनियाको साचो बिपना
मात्र नगद र जिन्सिको सामान्य ढाचा।
एक उपयुत्त बयानको बदलामा
निजी आरोप र प्रत्यारोपको दोशादमा
घर र मशानको के भिन्नता
जाहा एक मात्र अश्त्र मदिरा
नयनको शुत्रवद्ध द्रव्यको अभिलाशा
प्रेम र भरोशाको पर्दा
नचलेको हावाले चलाएको हल्ला
शुत्र र गणितको साझा पत्र
अखबारको एउटा कोलम बाट
धम्कि छापिन्छ अर्थको आडमा
पाकेको खिचडिले गलाएको दाल
हल्लै हल्लाको देशमा अधा समाचार
जिउनुको के अर्थ बदलाको भाव बिना
कलेजोको शितलता धन्दाको मर्यादा
यो सत्ता र शक्तिले दिएको मज्जा।।