Site icon Rising Junkiri

नारी म ……….

नारी म

नारी म …

 आज दबाउन खोजिँदै छ मेरो आवाज,

आज लुटिन खोजिँदै छ मेरो अस्तित्व

आज  मेटाउन खोजिँदै छ मेरो कुमारीत्व,

आँफैलाई नै धिक्करी रहेछु अहिले

नारी बनेर गल्ती गरेछु मैले।

 

कसरी बचाउछेउ आमा ती गिद्धे नजरहरुबाट ?

जो तकिरहेछन मेरा शरीरका हरेक अङ्ग,

सधैसधैं डर लगिरहन्छ आमा मलाई यहाँ ,

लाग्छ कि कोइ नरपिचास आएर झम्टी हाल्छ अहिले |

 

जहाँ आफ्नै दाजुभाईले नै छाड्दैनन,

के बिश्वास हुन्छ र अरुको ?

न्याएबाट बाट बन्चित छु म अहिले ,

यहाँ पैसाको मुठोले जादु देखाइ सक्यो पहिले |

 

कहाँ छस् सरकार त  अहिले ?

के साँच्चिकै नारी बनेर गल्ती गरे मैले ?

Exit mobile version