Register
A password will be e-mailed to you.

आज भन्दा करिब एक वर्ष अगाडी आफ्नो काम को सिलसिलामा गोर्खा पुगेको थिँए । म त्यहाँ भुकम्पले गराएको क्षती, डर, त्राश र चिन्ताबारे बुझ्न गएको थिँए | तर त्यहाँको दृश्य जे थियो त्यसले आजसम्म पनि मेरो मनमा चिसॊपन ल्याउँछ । भुकम्पको पीडा त छदैं थियो त्यसमाथि जीवनमा सन्तानले दिएको पीडा खेप्दै आएकी करिब ८० बर्सकी एक दृस्टिवीहिन आमाको घरमा पुगेँ ।आमालाई मैले भुकम्पको बारेमा सोधें “आमा तपाई भुकम्प आउँदा कहाँ हुनुहुन्थ्यो? डर कत्तिको लग्यो?” मेरो प्रस्न सुनेर आमा एकछिन केही बोल्नुभएन । मैले केहि गलत सोधेँकि भनेर म पनि दुई मिनेट जति मौन बसें । आमालाई केहि बेर नियाल्दै थिएँ एक्कासी आँखाबाट बर्रर आँसु खसाल्दै भन्नुभयो ” मलाई यो घरले थिचेको थियो नानी मलाई छिमेकीले तिन घण्टा पछि निकालेका हुन्।” म झसङ्ग भएँ । मैले बिस्तारै फेरि सोधेँ ” आमा घरमा को को हुनुहुन्छ?”आमाले मेरो प्रस्न नसकिदै थप्नुभयो ” मलाई बरु भुकम्पले मारेकै भए हुन्थ्यो। आँखा नदेख्ने मान्छे बाचेर छोरा बुहारीलाई बॊझ भएकी छु । त्यसदिन म घरमा दाबियेकी छु भन्ने थाहा पाएर पनि मलाई निकालेनन् उल्टै पछि बाचिस भनेर अगुल्टोले हाने।” नौं महिना कोखमा राखेर जन्म दिने आमालाई यो दिन देखाउने छोरा को मन कति निर्दयी होला मलाई त्यो सुन्दा घृणा जाग्यो। आमा जसले आफ्नो सन्तानका निम्ति आफुले नखाई नलाई आफ्नो सर्वस्व त्याग्छिन त्यै आमालाई यस्तो दिन देखाउने सन्तानलाई सलाम !

लोग्नेमान्छे, आइमाइमान्छे, परिवार र समाज

बुढाबुढीलाई आफ्नो कुरा सुनिदिने मात्रै पनि कोहि आयो भने कति खुसि लाग्दो रहेछ । कुरा गर्दै जादा जुरुक्क उठेर आफ्नो बिस्तारामा भएको औषधि देखाउदै भन्नुभयो ” नानि मैले यी औषधि खान्छु सहरबाट डाक्टर आएको बेला मुटुको लागि भनेर दिएका थिए सधैँ खान त पुग्दैन तर कहिले आधा पारेर कहिले सानो सानो टुक्रा पारेर पुर्याएर खान्छु।”आमाको यी वाक्यले म स्तब्ध भएँ । बाच्नको निम्ति खाने औषधि समेत नपाउने कस्तो बाध्यता। मैले यो पटक आँसु रोक्न सकिन। आमाको नजिक गएँँ र उहाँको हात पकडेर मैले आफुसँग भएको पैसा राखे र उहाँले भरोसा गर्ने मान्छेलाई आफुलाई चाहिने कुरा किन्न पठाउनु होला भने। त्यो पैसा मलाई फिर्ता दिदै मेरो शिरमा हात राखेर भन्नुभयो “मैले जीवनमा कहिले नपाएको खुसि आज पाएँ मलाई भगवान आएको सरह लागेको छ तिमीलाई जीवनमा सबै कुरा पुगोस्।” कोसैको क्षणिक सहारा बन्दा पनि कति खुसि मिल्दो रहेछ मैले त्यो दिन बुझें । जीवनमा सायद कोसैले त्यति ठुला शब्दले वर्णन गरेको पहिलो पटक थियो। आमासंग करिब तिन घण्टा समय बिताएपछि बिदा मागेर फर्के । मन खुसि थियो कसैलाई सहारा दिन सफल भएकोमा तर आफ्नो सन्तानले गरेको त्यो व्यवहार आमाको हातको ती डामहरू मेरो आँखा भरि नाचिरहेका थिए । सन्तानले नदिएको सुख र छिमेकीले दिएको साथ सम्झिँए।
यो त एउटा घटनामा आधारित एक आमाको कथा थियो।यस्ता दुःख बेदना भएका कति आमा पात्रहरु हुनुहुन्छ होला जसलाई माया चाहिएको छ न्यानोपन चाहिएको छ। जन्म दिने आमालाई बुढेशकालमा सहाराको सट्टा पीडा माथि पीडा थप्ने ती सन्तानलाई मेरो सलाम ! एकदिन आफु अवश्य बृद्धअवस्था भइन्छ त्यसैले त्यो उमेर र त्यो समस्या सबैले भोग्नु नपरोस्। आफुभन्दा साना र ठुलालाई माया र सम्मान गरौं र सभ्य बनौं । जीवनमा जे कर्म गर्छौँ त्यसको फल अवस्य भोग्छौँ।

 

Read more from the author

Leave a Reply

Users who submit spammy promotional articles will be removed by us or banned untimely if they do so. We promote literature, stories, and touching aspects of society, and we connect with writers all over the world. Thank you, Rising Junkiri

X