यो वयोवृद्ध कायाका,
छायांहरुले
अधुरा आशहरुको राश
यसरी तेर्साउँछन्,
मानौँ लमतन्न एक लास।
तर खेद ,
अधुरा ,अधुरै रहन्छन् ।
अपुरा ,अपुरै रहन्छन् ।
स्वयम मा रहेका
कैयौं ,
अनकन्टारका भागहरु भेटिन्नन्।
या,
सयौं ,
अन्तरका दागहरु मेटिन्नन्।
छोरो ,सोखमा मस्त।
नाति, भोकमा अभ्यस्त।
म त अपवाद ।
तिमी ,
सब हितको श्रेय,
तिमी अनुमेय
म त अपराध ।
विलाशको लालश
राख्दछौ कति?
रोषमा सन्तोष हुँदैन रति।
देहमा लउरि को
अनि,
चर्ममा चाउरी को
टेकाहरु खिचिएका छन् ।
यसरी मानौँ
लक्ष्मणरेखा ।
तर खेद, रेखावारी,
यौवन मा खिलेका ललित रङ्ग
रेखापारी ,
अयन मा मिलेका गलित अङ्ग ।
कदापि ,
म चिर छु।
म धिर छु।
तथापी ,
म त जल हुँ ।
कदापी ,
म कर्ममा निष्ठ
आभाषमा मिष्ठ
तथापी,
म त छल हुँ ।
म रहँदा,
घरको लोकमा
केवल , दुखका बिधि सहन्छन्।
म बहँदा ,
परलोकमा ,
अनेक, सुखका निधि रहन्छन् ।