Site icon Rising Junkiri

के तिमीले सहेको छौ?

के तिमीले कहिल्यै त्यो छटपटी सहेको छौ,
जुनबेला तिमी ठम्याउन सक्दैनौ
जे मनले भन्छ त्यो गरू कि जे दिमागले भन्छ त्यो गरू
उफ त्यो छटपटी-
मनले यता तान्छ, दिमागले उता
कहिले मनमा भुइचालो आउछ, कहिले दिमागमा ज्वालामुखी
मान्छे भित्रको मान्छे , खै त्यसलाई के भन्छ, सायद आत्मा?
त्यही, जसले जे भन्छ , हो त्यही
कहिले चिच्याएर रुन्छ, कहिले सुक्क सुक्क

प्रायजसो त तिमी दिमागलाई नै जिताउछौ
घिसारेर लतारेर मनलाई दिमगकै पछि भगाउछौ
बिचरा मन, एकदिन यति दुखि हुन्छ कि डाको छोडेर रुन्छ
हाय त्यो चित्कार, साह्रै कहाली लाग्दो
एक पटक होइन दुइ पटक होइन, तिमीले त्यो चित्कार धेरै सुनेको छौ
एक पटक होइन दुइ पटक होइन, तिमीले त्यो चित्कारलाई धेरै दबाएको छौ
जति तिमी त्यो चित्कारलाई दबाउछौ त्यति तिमि आफुले आफुलाई दबाउछौ
आफुले आफ्नै खुसि अनि अस्तित्वको गला काट्छौ
के तिमी त्यति कम्जोर छौ कि आफुलाई माया गर्न सक्दैनौ?

आफुलाई माया गर्नु के यति कठिन कुरा हो कि थोरैले मात्र गर्न सके?
आफ्नो मनको कुरा सुन्नु के यति खतरनाक काम हो कि थोरैले मात्र आट देखाए?
जसले आफुलाई माया गरे,मनको कुरा सुने ती नै हुन आज संसारलाई जित्ने व्यक्तिहरु,
ती नै हुन मरेपछि पनि अमर हुनेहरु ।

जसले आफुलाई दबाउदै गए ती नै हुन निरास, दुखि आत्माहरु,
ती नै हुन मृत्युको अन्तिम पलमा पछुताउनेहरु –
काश मैले मेरो मनको सुनेको भए मेरो जिन्दगी अर्कै हुने थियो । काश ।

Exit mobile version