Site icon Rising Junkiri

नारी म ……….

नारी म

नारी

 आज दबाउन खोजिँदै मेरो आवाज,

आज लुटिन खोजिँदै मेरो अस्तित्व

आज  मेटाउन खोजिँदै मेरो कुमारीत्व,

आँफैलाई नै धिक्करी रहेछु अहिले

नारी बनेर गल्ती गरेछु मैले।

 

कसरी बचाउछेउ आमा ती गिद्धे नजरहरुबाट ?

जो तकिरहेछन मेरा शरीरका हरेक अङ्ग,

सधैसधैं डर लगिरहन्छ आमा मलाई यहाँ ,

लाग्छ कि कोइ नरपिचास आएर झम्टी हाल्छ अहिले |

 

जहाँ आफ्नै दाजुभाईले नै छाड्दैनन,

के बिश्वास हुन्छ अरुको ?

न्याएबाट बाट बन्चित छु अहिले ,

यहाँ पैसाको मुठोले जादु देखाइ सक्यो पहिले |

 

कहाँ छस् सरकार   अहिले ?

के साँच्चिकै नारी बनेर गल्ती गरे मैले ?

Exit mobile version