Site icon Rising Junkiri

मुक्तक

Man in a silhoutte under stars मनका कुरा

Photo: Unsplash/ Protto Hassan

मनका कुरा आँखाले नै, बोली दिए हुन्थ्यो
उन्लाइ पनि मेरै यादले, पोलि दिए हुन्थ्यो
उनी हास्दा मेरै लागि हासी दिए जस्तो
केइ छ्न लुक्या कुरा भने, खोली दिए हुन्थ्यो

माया गर्छु सधै तिमलाइ, जानी राख ल
गाली पनि माया सम्झी, मानी राख ल
बिश्वासले त चल्छ यो दुनिया, हैन र??
मैले जस्तै मायाको डोरी, तानी राख ल

मन भित्रका सबै इच्छा मरेर जांदा
खुसी सबै दैबले हरेर जांदा
कस्लाई राम्रो लाग्छ र एक्लो बगर??
दु:ख जति आफ्नै भागमा परेर जांदा

Exit mobile version