Site icon Rising Junkiri

यदि

यदि हँसिलो मुहार पछाडि लुकिरहेका आँसु देखिने भए
यहाँ हाँसोको मोल कम हुने थियो होला

यदि विश्वास पछाडिको विश्वासघात देखिने भए
यहाँ आखाँ बन्द गरेर विश्वास गर्नेको कमि हुन्थ्यो होला

यदि दर्शाइएका सत्य पछाडिका झुट देखिने भए
यहाँ सत्यको जित कम हुने थियो होला

यदि भगवान् रूपी अनुहारका पछाडि छोपिएका दानवरूप देखिने भए
यहाँ भगवान् माथिको आस्था हराउने थियो होला

यदि मिलन पछाडिको विछोड देखिने भए
यहाँ मिलनका आशा धमिलिने थियो होला

यदि माया पछाडिका छल देखिने भए
यहाँ मायाको मोल हराउने थियो होला

Exit mobile version