आखाँका आँसु लुकाएर तिमीलाई जाउ भन्नु
रहर हैन बाध्यता थियो मेरो
तिमीसँग बिताएका पलहरू सम्झिएर आफुलाई सम्हाल्नु
रहर हैन बाध्यता थियो मेरो
तिम्रो यादमा आफुलाई नै बिर्सिनु
रहर हैन बाध्यता थियो मेरो
तिमीसँग गरेका ति पुराना च्याटहरू फेरि दोहोराएर पढ्नु
रहर हैन बाध्यता थियो मेरो
आफ्नो भागमा परेको तिम्रो माया अरूलाई सुम्पनु
रहर हैन बाध्यता थियो मेरो
तर तिम्रो खुशीमा रमाउन पाउनु
बाध्यता हैन भाग्य हो मेरो
तिम्रो जिवनको एउटा हिस्सा हुन पाउनु
संयोग हैन वरदान हो मेरो